व्यवसायमा रम्दै बागलुङकी मिना श्रेष्ठ

मिना श्रेष्ठ उमेरले ३० काटेकी छैनन् । उनको दैनिकी फरक ढंगले बित्छ । बिहान उठेर व्याडमिन्टन खेल्ने । फर्केर चिया पिएपछि होटलको काममा खटिने । दिउसो विभिन्न संघसंस्था, क्लबले गर्ने साधारणसभा, बार्षिकोत्सव, अधिवेसन र अन्य बिशेष समारोहको खोजी गर्ने ।

नेपाली समाजमा युवतीहरु खेल क्षेत्रमा निकै पछि छन् । घर परिवारले पनि खेलमा लाग्ने अनुमति शायदै दिन्छ । अझ केटाहरुको भीडमा गएर खेलेको घरपरिवारले सहदैंन । व्यपार, व्यवसायमा पनि महिलाहरु थोरै मात्र छन् । श्रीमान वा बाबुआमाको व्यवसायमा साथ दिने बाहेक आ“फै अग्रसर हुने नगन्य भेटिन्छन् । तीन बर्षदेखि उनले बागलुङको मुख्य बजारमा ‘ब्राउन आईज रेष्ट्रो’ र पार्टी प्यालेस खोलेकी छिन् । जिल्लामै एकैपटक ८ सय जना सम्म मानिस राखेर कार्यक्रम गर्ने, खाना खुवाउने पार्टी प्यालेस थिएन । बिबाह, ब्रतबन्ध र भोजभतेर खुवाउने काम गराईदिन उनले धेरै स्थानमा पुगेर आग्रह गर्छिन् ।

उनले पहिलो पटक हिम्मत गरिन् । ‘दुइवटा भाईको साथ पाएर यो काम गरेकी हु“’ उनले भनिन्, ‘कसैले गर्न नसकेको काम मैले गरेर देखाउन सक्छु भनेर यो क्षेत्रमा हात हालें ।’ फरक पेशा र ठूलो खर्च लागेपनि संघर्षबाटै स्थापित भएर छाड्ने उनले अडान लिएकी छिन् । बिशेषगरी चाइनिज खानाका लागि उनको रेष्टुरेन्ट प्रसिद्ध छ ।

त्यसबाहेक आवस्यकता अनुसार तिजको बेला दर पकाएर खुवाउने देखि साधारणसभामा पुलाउ मासु, रोटी, जेरीपुरी र तरकारी समेत उनकोमा पाक्छ । भाडामा लिएको जग्गामा चलाएको पार्टी प्यालेसको बार्षिक २ लाख भाडा तिर्नुपर्छ । नियमित १० जना र समय अनुसार थप १५ जना सम्म युवालाई रोजगार दिएकी छिन् ।

उनको व्यवसाय अपांग मैत्री छ । सबै काम भुइतलामै हुने भएकोले हिलचियर लिएर आउने देखि दृष्टीविहिन, बुढाबुढी समेत सहजै कार्यक्रममा पहु“च राख्न सक्छन् । एकैपटक २५ वटा सम्म गाडि र दर्जनौं मोटरसाईकल पार्किङ गर्न मिल्छ । त्यसैले धेरैको रोजाईमा उनकै पार्टी प्यालेस पर्न थालेको छ ।उनले खेल्ने रुद्रेपिपल स्थित व्याडमिन्टन कबर्डहलमा खेल्न जिल्लाका सबै व्यपारी, प्रशासन र सुरक्षा क्षेत्रका उच्च पदस्थहरु आउ“छन् ।

अन्तराष्ट्रिय सिरिज समेत खेलेकी भएकोले उनको सबैस“च चिनजान छ । उक्त चिनजानलाई उनले व्यवसायमा लगाएको बताईन् । ‘खेलमा चिनेको नाताले बजार खोज्न सजिलो भएको छ’ उनले भनिन्, ‘सानैमा बाबु गुमाए, आमाले केही जान्नु हुन्न, भाईहरुलाई अगाडि बढ्न प्रेरणा दिने र घर व्यवहार धान्ने समस्याले यो पेशामा ल्यायो ।’ अहिले पनि मैले भाईहरुका लागि बाबुआमाको भूमिका खेल्नुपर्छ । सानो उमेरमै बाबु गुमाएपछि उनले जेठो सन्तान हुनुको भूमिका खेलेको बताउ“छिन्। यस अघि उनले केही समय साईवर चलाईन् ।

त्यसका लागि पार्टी प्यालेस उपयुक्त भएको उनको ठहर छ । प्रधानमन्त्री देखि, पूर्व विशिष्ट, मन्त्रीहरुको अगमन हु“दा उनको पार्टी प्यालेस सबैको रोजाईमा पर्न थालेको छ । व्यवसाय प्रवद्र्धनका लागि उनले युवाहरुको जेसीज सहित अन्य युवाक्लबहरुमा पनि उत्तिकै सक्रियता देखाउ“छिन् । केही समय देखि उनले पार्टी प्यालेसमा शुक्रवार र शनिवार बेलुकी दोहोरी गीत, नृत्य प्रतियोगिता लगायतका सांस्कृतिक क्रियकलाप पनि संचालन गर्न थालेकी छिन् ।  मिनाकी आमा सरस्वती धार्मिक छिन् । बिहान बेलुकी भजनकृतनमा संलग्न हुन्छिन् । छोराछोरीले मेहेनत गरेर कमाई गरेको र समाजमा प्रतिष्ठा बढाएको देखेर उनी सन्तुष्ट छिन् । मिनालाई आफ्नै संघर्षबाट जिल्लाको उत्कृष्ठ व्यपारी बन्ने चाहना छ । सामाचार स्रोतः पत्रकार प्रकाश बराल