कोरियाको कस्मेटिक साम्रागी नेपाली बजारमा

दक्षिण कोरियामा उत्पादन भएका कस्मेटिक प्रोडक्टलाई नेपाली बजारमा विस्तार गर्ने गरी काठमाण्डौको ठमेलमा कोरियाको ओजे कोरियन कस्मेटिकको शाखा विस्तार गरिएको छ । दक्षिण कोरियामा आफ्नो लोकप्रिय ब्रान्डलाई नेपाली बजारमा ल्याउने गरी ठमेलको छाया सेन्टरमा सुरु गरिएको पसलको म्याग्दीका प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले उद्घाटन गरेका छन् ।

मोना अन्तराष्ट्रियका अध्यक्ष समेत रहेका ओजे गुप्रका अध्यक्ष ओमनारायण जुग्जालीको लगानी रहेको उक्त कम्पनीमार्फत कोरियाको बजारमा रहेका उच्च गुणस्तरीय सामानहरु उपलब्ध रहेको छ । शाखाको उद्घाटन गदैं सांसद थापाले म्याग्देलीले आफ्नो ब्यवसाय विस्तारसँगै भविस्यमा विभिन्न योजना सहित आफ्नै जिल्लामा लगानीलाई समेत प्राथमिकता दिनुपर्ने बताए । उद्घाटन कार्यक्रममा मोना अन्तराष्ट्रियका निर्वतमान अध्यक्ष चक्रबहादुर थापा, मोना यूकेका अध्यक्ष दल जुग्जाली लगाएतको उपस्थिती रहेको थियो ।

ठूला देशमा उत्पादनको बजार प्रबद्र्धन गर्न नेपाल एउटा राम्रो माध्यम बन्ने कम्पनीका अध्यक्ष जुग्जालीको भनाई छ । उनले कस्मेटिक साम्रागीहरु सस्तोमा प्रयोग गर्दा गम्भीर असर गर्ने भएकाले निम्न आर्थिक भएकादेखि उच्च आर्थिक हैसियत भएकाले प्रयोग गर्न सकिने गरी सञ्चालनमा ल्याएको बताए।उनले अधिकांश कस्मेटिकहरू छालालाई सफा गर्ने, छालाको पुरानो मृत कोषलाई हटाएर नयाँपन दिने, दैनिक प्रयोग गर्नेदेखि लिएर हप्ता हप्तामा प्रयोग गर्नेसम्मका रहेका छन् । कम्पनीले निकट भविस्यमा आवश्यकता अनुसार काठमाण्डौमा अन्य शाखासँगै पोखरा लगाएतमा स्थानमा समेत विस्तार गर्ने योजना बनाएको छ ।