बेनपा-६ का यूवाहरुको भेलाले नयाँ क्लव खोल्न तर्दथ समिति गठन

बेनी नगरपालिका वडा नं ६ मा खेलकुद तथा सामाजिक कार्यमा सक्रिय यूवाहरूको भेलाले नारायण प्रसाद पौडेलको अध्यक्षतामा तर्दश समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा रामचन्द्र पौडेल, सचिव जीवनप्रसाद पौडेल, सहसचिव मनोज बानियाँ, कोषाध्यक्ष कान्ति पौडेल, सहकोषाध्यक्ष नविन पौडेल रहेको राजेन्द्र खत्रीले जानकारी दिनुभयो ।

त्यसैगरी सदस्यहरूमा केदार पौडेल, मनिष पौडेल,अस्मि केसी, अकोश पौडेल, मनिषा नेपाली, दिपेश बानियाँ, पुजन केसी, सागर पौडेल र कमल पौडेल रहेका छन् । सदरमुकाम बेनीसँग जोडिएपनि सडक सञ्जाल, सामाजिक कार्य लगाएत स्थानीयस्तरमा हुने विभिन्न कार्यहरुमा यूवाहरुको सक्रियतालाई थप मजबुद बनाउन क्लवलाई संस्थागत तथा सामाजिक कार्यमा प्राथमिकता दिने तर्दथ समितिका अध्यक्ष पौडेलले बताए । भेलामा अर्थुङे, बास्बोट, एकपाते लगाएतका क्षेत्रका यूवाहरूको उपस्थिती रहेको थियो ।