गरिमा विकास बैंकले १७ प्रतिशत लाभांश दिने

गरिमा विकास बैंक लिमिटेडले १७ प्रतिशत लाभांश दिने भएको छ । कात्तिक १४ गते साँझ बसेको सञ्चालक समितिको २३४औं बैंठकले १६.१५ प्रतिशत बोनस र ०.८५ प्रतिशत नगद गरी कूल १७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।संस्थाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई हालको चुक्ता पुँजीको सो मात्राको दरले लाभांश दिने प्रक्रिया अघि बढाएको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी हुने वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीले सो लाभांश पाउनेछन् ।हाल बैंकको चुक्ता पुँजी २ अर्ब ७८ करोड छ । १७ प्रतिशत लाभांशपछि बैंकको चुक्ता पुँजी ३ अर्ब २० करोडभन्दा बढी नाघ्ने छ ।