धौलागिरी हिमालको आरोहण गर्न तीन समुहका ३१ जनाले अनुमति लिए

विश्वकै सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) हिमालको आरोहण गर्न कात्तिकको पहिलो सातासम्म तीन समुहका ३१ जनाले आरोहणको अनुमति लिएका छन् । यस वर्षको शरद यामका लागि पर्यटन विभागले कात्तिकसम्म दिएको अनुमतिबाट ३२ लाख ८ हजार पाँच रुपैयाँ रोयल्टी उठेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा पर्ने धौलागिरीको पश्चिम मोहडाबाट आरोहण गर्ने अनुमति लिएको जनाइएको छ ।

धवलागिरी गापासँगै रघुगंगा गाउँपालिकाको सिमाना तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत धौलागिरी हिमालमा जान सकिने भएपनि नियमित आरोहणका लागि पश्चिम मोडा नै उपयुक्त छ । अनुमति लिने क्रम निरन्तर हुने भएकाले धौलागिरी हिमाल आरोहणमा आरोहीको संख्या बढ्ने अनुमान गरिएको विभागले जनाएको छ । सन् १९६० मे महिनाको १३ तारिकमा अस्टे«लियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धौलागिरी हिमालको आरोहण गरेको रेकर्ड देखिन्छ ।

तर, विभिन्न अभिलेखमा सन् १९४९ मा भारतमा रहेको ब्रिटिसको टोलीले सर्वे गरेको भएपनि १९४९ मा स्विस हवाई सर्वेक्षण अज्ञात रहेको थियो । केही समय अगाडी विश्व किर्तिमानी गर्ने क्रममा म्याग्दीका निर्मल पूर्जाले अतिरिक्त अक्सिजन विनै आरोहण गरेपछि धौलागिरी हिमालको चर्चा भएको थियो । अहिलेसम्म नसबैभन्दा धेरै आमादब्लम हिमालका लागि आरोहण अनुमति जारी भएको छ ।त्यसपछि मनास्लु हिमालका लागि २७ ओटा दलका २६४ जनाले अनुमति पाएका छन् ।