छिमेकी जिल्ला बागलुङको पश्चिम बागलुङको तमानखोला गाउँपालिकाको खुङखानी नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार बिहान ३ बजेर ५१ मिनेटमा ४.५ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भुकम्पपछि गएका पराकम्पन भन्दा फरक रहेको छ ।

यसरी पटक–पटक स–सना पराकम्पन जानुमहाभूकम् पको शक्ति क्षयीकरण भएकाले यसलाई राम्रो हिसाबले हेर्नु पर्ने केन्द्रका एक अधिकारीको भनाई छ । भुूकम्पको कम्पन खुङखानीको सिमाना क्षेत्रमा पर्ने म्याग्दीको मालिका गाउँपालिकाको रुम, ओखरबोट, देविस्थानका साथै पश्चिम म्याग्दी हुदै सदरमुकाम बेनी, छिमेकी जिल्ला पर्वतमा समेत महसुस भएको थियो । क्षतिको बारेमा पुर्ण विवरण आउन भने बाँकी नै छ । साविकको धौलागिरी अञ्चलको पश्चिम क्षेत्र भुकम्पको जोखिममा रहेको छ ।

केही महिना अगाडी म्याग्दीको धवलागिरी गाउँपालिका २ लुलाङलाई केन्द्रिविन्दु बनाएर ४.७ रेक्टर स्केलको नयाँ भुकम्प गएको थियो । लुलाङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प नयाँ भएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो । पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुईदशक यता ४ देखी ५ रेक्टरस्केलका धक्का महसुस भएको मापन केन्द्रले जनाएको छ ।

मुस्ताङ र पर्वतको तुलनामा म्याग्दी र बागलुङमा धेरै केन्द्रविन्दु रहेका छन् । दुईदशक यता साविकको धौलागिरी अञ्चलमा ठुलो बागलुङको बोवाङलाई केन्द्रविन्दु बनाएर गएको ४.९ रेक्टरको भूकम्प हो । पश्चिम म्याग्दी नै भुकम्पको जोखिममा रहेको छ । तिब्वत क्षेत्रबाट धौलागिरि हिमालको फेद हुदै एउटा फन्टलाइन रहेको बताइन्छ । नेपालको पश्चिम क्षेत्रमा ५ सयबर्ष यता ठूलो भूकम्प नगएकाले जोखिममा मानिन्छ ।

Leave a Reply