म्याग्दीका ५० बर्ष नाघेका पदकधारी खेलाडी टोड्केमा सम्मानित हुने

म्याग्दीमा जन्मिएर विभिन्न खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेताको सम्मान गर्ने उद्देश्यले टोड्के रिर्सोट प्रालिले आगामी शनिबार भब्य समारोहका बिच सम्मान गर्ने कार्यक्रम रहेको प्रालिका निर्देशक भिम शेरचनले बताए ।‘खेलकुद क्षेत्रमा योगदान पु¥याउनुभएका खेलाडीलाई सम्मान गर्नेछौ, उहाँहरुको नाम संकलन भइरहेको छ’ शेरचनले भने।

उनका अनुसार जिल्ला खेलकुद विकास समितिलाई खेलाडीको नाम उपलब्ध गराउन पत्रचार गरिएको बताउँदै खेलाडीले समेत आफ्नो प्रमाण सहितको विवरण उपलब्ध गराउन सक्ने बताए। उनले विभिन्न खेलकुद प्रतियोगितामा पदक विजेतालाई सम्मान गर्ने कार्यक्रम अन्तरगत पचारबर्ष उमेर पार गरेका खेलाडीबाट सम्मानको कार्य सुरु गरिएको बताए ।

उनले नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटीका डेपुटी जनरलर सेक्रेटरी पिताम्बर तिमिल्सिना, हेन्डबल एशोसियशनका अध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरूङ लगाएत खेलकुद क्षेत्रमा विशिष्ट ब्यक्तिहरुको उपस्थिती हुने बताइएको छ । आगामी कात्तिक १४ देखि १६ सम्म हुने कार्यक्रममा हेन्डबलको सो म्याच समेत आयोजना गरिने छ ।

हेन्डबलको परिक्षण समेत हुने भएकाले मापदण्ड र उपयुक्त भएमा भविस्यमा प्रतियोगिता नै आयोजना समेत हुन सक्ने टोड्के रिर्सोट प्रालिका अध्यक्ष मिनबहादुर पाईजाले बताए । करिव ३ करोडको लागतमा सुविधासम्पन्न रिर्सोट बनेपछि पछिल्लो समय आन्तरिक पर्यटकको समेत चहलपहल बढेको छ।

बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगममा अवस्थित टोड्के (२,५००मिटर) मा अवस्थित टोड्के प्राकृतिको अनुपमउपहार,वरीपरी लालीगुराँसको जंगल, स्वर्गद्धारीको शाखा आश्रम, मनोरम दृष्यावलोकन गर्न सकिन्छ । टोड्केमा रहेको स्वर्गाश्रममा देशका विभिन्न जिल्लाबाट समय समयमा ऋषिमुनिहरु आएर तपस्या गर्ने गरेका छन् । टोड्केलाई गण्डकी प्रदेशकै सुन्दर पर्यटकीय गन्तब्य बनाउने अभियानमा स्थानीय सक्रिय छन् ।