म्याग्दीमा मनाइयो नेपाल संवत् (फोटो फिचर)

राष्ट्रिय संवत् मान्यता प्राप्त गरेपनि राज्यका निकायबाटै नेवारी समुदायको संवतका रूपमा हेर्ने गरिएको गुनासो गरिएको छ। नेपाल सम्वत ११४० को अवसरमा नेपाल भाषा मंकःखल म्याग्दीले मंगलबार बेनीमा आयोजित नेपाल संवत् तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले गरिब जनताको हितमा काम गरी सुरू भएको नेपाल संवत्लाई स्थानीयतहमा समेत कार्यान्वयनमा ल्याउन पहल गरिने बताए ।

उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरिब जनताको ऋण मोचन गरी समातामुलक समाजको निर्माणको प्रयास गरेको बताए । गरिब जनताको ऋण मिनाह गरी बिस ८ सय ८० मा साख्वाले सुरू गरेको अभियानलाई निरन्तरता दिन समेत संवद्को महत्वका बारेमा नयाँ पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिए । कार्यक्रमका बिशिष्ट अतिथि बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले स्थानीयतहमा नेपाल संवद्को महत्व झल्कने गरी आगामी दिनमा विभिन्न कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिएका थिए ।

जातिय संघसंस्थाको तर्फबाट थकाली सेवा समाजका अध्यक्ष जगनारायण गौचन, मा नेपाल भाषा मंकःखल म्याग्दीका सल्लाहकार प्रकाश श्रेष्ठ, म्याग्दी काठमाण्डौ समाजका अध्यक्ष याम श्रेष्ठले नेपाल एकिकरण हुनुपुर्व नै काठमाण्डौ लगाएतका क्षेत्रमा प्रयोग भएको नेपाल संवद्लाई संयुक्त राष्ट्रसंघमा समेत नेपालको भाषाका रुपमा दर्ता भएको बताउँदै विदेशी चाडपर्वहरूमा रमाउने नेपाली समाजमा आफ्नै मौलिक संवद्को प्रयोगमा नआउनु दुखको कुरा भएको बताएका थिए ।

सोही अवसरमा २०७४ को एसईई परीक्षामा सामुदायिक तर्फबाट बेनी सामुदायिक माविका विकल श्रेष्ठ, राष्ट्रिय मावि घतानकी शर्मिला श्रेष्ठ, निजीतर्फबाट बेनी आवासीय माविका शंसाक श्रेष्ठ र बेनी आमाविकै संज्ञा श्रेष्ठलाई सम्मान गरिएको थियो । नेपाल भाषा मंका खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष कुविर श्रेष्ठको स्वागत र सचिव इश्वर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

सोही अवसरमा नेवारी तथा सालैजो नृत्य समेत प्रस्तुत गरिएको थियो । राष्ट्रिय विभूति शङ्खधर साख्वाले ईस बिस ८ सय ८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को प्रारम्भ गरेका थिए ।  नेपाल संवत् ८ सय ८८ वर्षसम्म आधिकारिक संवत्का रुपमा चलेपनि विक्रम संम्बत १९६० मा राज्यस्तरबाट नै यसमाथि रोक लगाइएको थियो । नेपाल संवत् प्रारम्भ गरेको समाज तथा राष्ट्रलाई युगान्तकारी योगदान दिएको फलस्वरुप शङ्खधर साख्वालाई सरकारले वि.सं.२०५५ राष्ट्रिय विभूति घोषणा गरेको थियो ।