थाईल्याण्डको खेल प्रशिक्षणमै अरुणा र कमलाको भाईटीका

नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तान म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेकी अरुणा शाहीले यसपटक भाईटीकामा दाई अरुण र भाई आनन्दको निधारमा लर्काएर सप्तरङ्गगी टीका लगाउन पाइनन् । परिवार एकसा भएर खुसीयाली साथ भाइटिका लगाउन शाहीको योजना थियो। पहिलोपटक परिवारभन्दा टाढा रहेकी शाहीको जस्तै पीडा राष्ट्रिय भलिबल खेलाडी मालिका गाउँपालिका वडा नं ३ रुमकी कमला पुनको पनि छ । हरेक भाईटिकामा काठमाण्डौमा विश्वास पुनलाई टिका लगाउने पुनको आफ्नै भाई छैनन् ।

साग र एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको तयारीका लागि थाइल्यान्डको प्रशिक्षणमा ब्यस्त रहेका कप्तान शाही र खेलाडी पुनले खेल जीवनमै पहिलोपटक आफन्तभन्दा टाढा रहेर तिहार मनाउँदैछन् ।‘यसपटकको भाईटिकामा घरमा बस्न पाइएन्,‘राष्ट्रको प्रतिष्ठाका लागि खेल्नुपर्ने खेललाई चाडपर्वले रोक्न सकेन्’ शाहीले भनिन् ।

उनले यसपटक फोनबाटै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तीको कामना गर्ने बताईन् । राष्ट्रिय महिला टोलीको कप्तानको जिम्मेबारी सम्हालेसँगै शाहीको काँधमा जिम्मेबारी छैन् । चाडपर्वमा परिवार र आफन्तको चाहना घरमै आउने भएपनि महत्वपुर्ण जिम्मेबारी काँधमा रहेकाले चाडपर्वमा सम्झिएर थाईल्याण्डबाटै फोनमा कुरा गर्ने योजना रहेको खेलाडी पुनको भनाई छ । ‘यसपटक देशबाहिरबाटै मनाउनुपर्ने भयो,‘चाडपर्व हरेकबर्ष आउँछ, विगतका सम्झनाहरु बेलाबेलामा आउँछन्’ पुनले भनिन् ।

उनले चाडपर्वमा विगतमा पनि देशभित्रै ब्यस्त भएपनि बाहिर देशमा हुदाँ फरक महसुस हुने गरेको बताईन् । नेपाल भलिबल संघले बंगलादेशमा कात्र्तिकमा आयोजना हुने पहिलो एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीप र मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमिमा हुने साग खेलको छनौट तथा प्रशिक्षण, मैत्रीपूर्ण खेलमा सहभागी हुन थाईल्याण्डमा छन्।