तेस्रो उत्साही कपको उपाधी हिमालयन एफसीको पोल्टामा

तेस्रो उत्साही कप फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधी हिमालयन फुट्बल क्लब ग्रेस चर्च (हिएफसी)ले हात पारेको छ । जलजला गाउँपालिका–३ पर्वत बेनीस्थीत न्यू होराइजन आवासीय माविको प्राङ्गनमा आयोजित प्रतियोगिताको फाइनलमा कालिपुल यूनाईटेडलाइे पाँच गोलको फराकिलो अन्तरले प्रतियोगितामा हिएफसीले उपाधी माथि कब्जा जमाएको हो ।

प्रतियोगिताको पहिलो हाफमा ३ गोलले अग्रता लिएको हिएफसीले दोस्रो हाफमा थप दुई गोल प्रहार गरेको थियो । लगातार कालिपुल यूनाईटेडको पोष्टमा गोलको बर्षा भएको थियो ।प्रतियोगिता अवधिमा पटकपटक कमब्याकको प्रयास गरेपनि कालिपूल यूनाईटेडका खेलाडीको प्रयास असफल भएसँगै ०–५ गोलको अन्तरले सकिएको थियो । निशान थापाले २ गोल गरेभने विश्वास थापाले हेट्रिक गरेका थिए । नेपालीको दोस्रो महान पर्वको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो ।

कडा प्रतिस्पर्धाको अनुमान गरिएपनि प्रतियोगितामा अपेक्षा गरे अनुसारको खेल कालिपूल यूनाईडेटका खेलाडीले प्रर्दशन गर्न सकेनन् । प्रतियोगितामा उत्कृष्ट खोलडी बुद्ध यूवा क्लवका अनुपम श्रेष्ठ, उत्कृष्ट डिफेन्डर उत्साहीका राजन मगर, उत्कृष्ट खेलरक्षक हिएफसीका धिरज श्रेष्ठ, सर्वाधिक गोलकर्ता जगत बुढाथोकीले प्राप्त गरेका थिए । त्यस्तै अनुशासित टिम केसी रेष्टुरेन्टले प्राप्त गरेको थियो ।

प्रतियोगितामा बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित ५६ हजार ६६६ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए भने अनुशासित टिमलाई ट्रफि र प्रमाणपत्र सहित पाँच हजार रुपैयाँ नगद पुरस्कार,उत्कृष्ट खेलाडी, सर्वा्धिक गोलकर्ता, उत्कृष्ट डिफेण्डर र गोलरक्षकलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित दुई हजार २२२ नगद प्राप्त गरेका थिए ।

नव उत्साही समूहको आयोजना र न्यु होराइजन आवासीय माविको सहआयोजनामा आयोजित प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख आतिथ्यता पर्वत उद्योग वाणिज्य संघ जलजला इकाई सभापति दिलबहादुर बरुवाल, बजार ब्यवस्थापन समितिको क्या सिवबहादुर कार्की लगाएतले वितरण गरेका थिए । नव उत्साही समूहको आयोजना र न्यु होराइजन आवासीय माविको सहआयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता सुरेन्द्र श्रेष्ठ र सञ्चालन सचिव राजकुमार परियारले गरेका थिए । प्रतियोगितामा ४० समूहको सहभागिता थियो ।