म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं ७ धारापानीमा अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट  लडेर एकजना सख्न घाइते भएका छन् ।  शनिवार राती ९ बजे आफ्नै बारीको रुखमा रहेको अरिङ्गलको गोलो पोल्न जाँदा अचानक रुखबाट लढेर धारापानीका ५६ वर्षिय लक्ष्मण थापा सख्त घाइते भएका र बेनीमा उपचार हुन नसकेपछि पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

घाइते थापाको अवस्था अत्यन्त गम्भीर रहेको जनाइएको छ । आइतवार विहान प्रहरीको टोली घटनास्थलमा पुगि अनुसन्धान गरी फर्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घाइते थापाको बेनी अस्पतालमा सामान्य उपचार गरी पोखरा रिफर गरिएको बेनी अस्पताल म्याग्दीले जनाएको छ ।

Leave a Reply