तरुण दल म्याग्दीले दुई दृष्टिविहिनलाई नगद र खाद्यान्न सहयोग

म्याग्दीका दुई दृष्टिविहिनलाई नेपाल तरुण दल म्याग्दीले ६६ औँ स्थापना दिवसको अवसरमा दृष्टिविहिनलाई नगद सहित खाद्यन्न सहयोग गरेको छ । बेनी नगरपालिका–२ फाँपरखेतमा सार्वजनिक जग्गामा बस्दै आएका आइतबहादुर नेपाली र नरप्रसाद विकलाई २५ हजार बराबरको खाद्यान्न र नगद सहयोग गरेको हो ।

भकुण्डेमा आयोजित कार्यक्रममा गिटी कुटेर दुई छोराको शिक्षादिक्षा, घरायसी खर्च जुटाइरहेका नेपाली र विद्यालयको भवन निर्माणको क्रममा विष्फोटक पर्दाथले हात र दुवै आँखा गुमाएका विकलाई १८ हजार बराबरको दाल, चामल, तेल, नुन, लगाएतका खाद्यान्न र नगद ४÷४ हजार रुपैयाँ वितरण गरेको विश्वास श्रेष्ठले बताए ।

दैनिकजसो विहानै ज्यालामजदुरीमा ब्यस्त हुने नेपालीको परिवारमा विहान बेलुकी हातमुख जोड्न, दुई छोराको शिक्षादिक्षा लगाएत विभिन्न समस्या छन्। कमजोर आर्थीक अवस्थाका कारण तिहार निकै खल्लो भएको नेपालीलाई सहयोगले केही भएपनी सहज हुने तरुण दल म्याग्दीका सचिव सुमन बानियाँले बताए ।‘उहाँहरुलाई तिहारमा केही सहज होस् भनेर सहयोग गरेका छौ,‘उहाँ असिनापानीले अन्नबाली नष्ट गरेकाले पनि खाद्यान्न सहयोग गरेका छौ’ उनले भने ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै दृष्टिविहिन नेपालीले आर्थिक अभावका कारण छोराको पढाई खर्च समेत जुटाउन समस्या भइरहेको अवस्थामा प्राप्त सहयोगले सहज भएको बताए । ‘सबैले तिहार आयो तिहार आयो भन्दैगरेको सुनेको थिए तर चुलो बिहान बेलुकी बनाउन चाम समेत नभएको बेलामा सहयोग पाउदा निकै खुसी छु’ नेपालीले भने ।

नगद छोराको पढाई, घरमा आवश्यकता अनुसार खाद्यान्न साम्रागीमा खर्च गर्ने नेपालीको भनाई छ । सहयोग पाउदा बल्ल तिहार आए जस्तो महसुश भएको विकको भनाई छ । कार्यक्रममा तरुण दलका केन्द्रिय पाषर्द रविन्द्र कार्की, नेपाली कांग्रेस ज्यामरुककोट वडा कमिटीका यामबहादुर काकी, भिमबहादुर पौडेल लगाएतको उपस्थिति रहेको थियो । सहयोग हस्तारण कार्यक्रम तरुण दल बेनी नगर कमिटीका अध्यक्ष खड्क केसीको अध्यक्षता जिल्ला सचिव बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।