नारच्याङमा पर्यटकलाई आर्कषित गर्न होमस्टे तालिम

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङको भ्रमणमा आउने पर्यटकलाई आर्कषित गर्न आधारभुत होमस्टे तथा पर्यटन प्रर्बधन तालिम सञ्चालन गरिएको छ । अन्नपूर्ण यूवा क्लवको आयोजना तथा मिस्त्रीखोला जलविद्युत आयोजना वातावरण इकाईको आर्थिक सहयोगमा सञ्चालनमा ग्रामिण पर्यटनमा होमस्टेको महत्व तथा विभिन्न किसिमका परिकार बनाउन सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको तालिमको वडा अध्यक्ष चन्द्रप्रसाद फगामीले उद्घाटन गदैं नारच्याङको पर्यटन विकासमा होमस्टेको आवश्यकता रहेको बताए ।

उनले जलविद्युतको हवसँगै पर्यटनमा समेत नारच्याङ धनी भएकाले अन्नपूर्ण हिमालतर्फ जाने पर्यटकलाई समेत लक्षित गरी होमस्टेलाई विस्तार आवश्यक रहेको बताएका थिए । तालिममा अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय घान्द्रुकका प्रमुख विदुर कुईकेल, रेञ्जर पवन यादव, मिस्त्री खोला वातावरण इकाईका मिलन दाहाल, इनर्जी रिर्सोस एण्ड सोलुसनका प्रमुख शंकल बस्यालले सहजीकरण गरेका थिए ।

पाहुना स्वागत तथा सत्कार गर्ने तरिका, स्थानीय उत्पादित बस्तुका परिकार, अर्गानिक खाना,बासको व्यवस्था, होमस्टेको वर्तमान अवस्था, होमस्टे बजारीकरण, ग्रामीण पर्यटन र यसको महत्व, होमस्टे सञ्चालन, फोहोरमैला व्यवस्थापन लगायतका विषयका बारेमा तालिम प्रदान गरिएको थियो ।

सोही अवसरमा स्थानीयलाई च्याउ खेतीमा आर्कषित गर्न इनर्जी रिर्सोसका प्रमुख बस्यालले स्याउका लागि आवश्यक पर्ने साम्रागी काट्ने मेसिन उपलब्ध गराएका थिए भने यूवा क्लवलाई बार्षिक २० हजार बराबरको खेलकुद साम्रागी समेत हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष श्याम पूर्जा, स्वागत क्लवका संस्थापक टकबहादुर पुन र सञ्चालन देउकुमारी तिलिजाले गरेकी थिईन् । अन्नपूर्ण यूवा क्लवले विभिन्न सांस्कृतिक कार्यक्रम सहित गतिविधि सञ्चालन गर्ने गरेको छ ।