चौथो छाप मेलाको भलिबल उपाधी घतानलाई

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसर पारेर बेनी नगरपालिका–६, छाप म्याग्दीको आयोजित चौथो छाप मेलाको वडास्तरीय भलिबल खेलको उपाधी घतानले जितेको छ । शनिबार सम्पन्न भएको फाइनलमा भगवती यूवा क्लव राखुलाई १ का बिरुद्ध ३ सेटले उपाधीमा कब्जा जमाएको छ ।

छाप युवा क्लबले आयोजना गरेको प्रतियोगिता पहिलो सेट जित्दै अग्रता लिएको घतानालाई अर्को सेटमा रोक्दै भगवतीले बराबरी खेलेको थियो । फाइनलको तेस्रो सेटमा अग्रता लिएको घतानले चौथो सेट समेत आफ्नो पक्षमा पादैं उपाधी जितेको हो । यो संगै घतानले तीनवटा प्रतियोगिताको उपाधी जितेको थियो ।बुधबारदेखि सुरु भएको मेलाको प्रमुख आर्कषण नै भलिबल रहेको थियो ।

म्याग्दीका हुने भलिबल प्रतियोगितामा निरन्तर हावी भइरहेको घतानको टीममा अधिकांस म्याग्दीकै चर्चित काउँलेगौडा यूवा क्लवका खेलाडीहरु आवद्ध छन् । राष्ट्रिय तथा क्षेत्रीयस्तरका खेलहरुमा समेत सहभागिता जनाइसकेका खेलाडीहरुको उपस्थितीमा यसअगाडी समेत विभिन्न वडामा सम्पन्न भएका खेलहरुमा समेत उपाधी जितेको थियो । प्रतियोगिताको उपविजेता भगवती यूवा क्लव समेत म्याग्दीको बलियो भलिबल टिम मानिन्छ ।

जिल्लाभित्र हुने प्रतियोगितामा धेरैपटक घतान र भगवतीको जम्काभेट हुने गरेको छ । छापा यूवा क्लवले आयोजना गरेको मेलामा खेलकुद सहित शनिबारसाँझसम्म विविध कार्यक्रमहरु सञ्चालन गरिने छ ।भलिबलतर्फ कुल २० टिमले सहभागिता रहेको थियो । मेलाको अवसरमा नगर तथा गाउँ, वडास्तरीय पुरुष भलिबल, पुरुष÷महिला लठो तान्ने, छेला हान्ने तथा अन्धनिशान प्रतियोगिता आयोजना गरिएको थियो ।

भलिबलतर्फ प्रथम र द्वितीय हुनेलाई क्रमशः नगद ५५ हजार पाँचसय ५५ रुपैयाँ र ३३ हजार तीनसय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको क्लवका विशाल खत्रीले बताए । मेलाको अवसरमा विविध सांस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय एवं स्थानीय कलाकारहरुबाट बेजोड साङ्गीतिक प्रस्तुती समेत रहेको थियो । विविध कला, संस्कृति र खेलकुदको स्थानीयस्तरमा प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजित मेलाको उद्घाटन गर्दै समाजसेवी किसान जिसीले उद्घाटन गरेका थिए ।