प्रथम जेसीजकप फुटवलको च्याम्पियन न्यू होराईजन

प्रथम जिल्लास्तरीय अन्तर मावि सेभेन ए–साइड रनिङ फुटवल प्रतियोगिताको उपाधी पर्वतबेनीको न्यू होराईजन आवासीय माविले जितेको छ । पर्वत जेसिजद्धारा आयोजित प्रतियोगिताको फाइनलमा होराईजनले शिवालय माविलाई ०–२ गोल प्रहार गदैं उपाधी चुमेको हो । शुक्रबार सम्पन्न कुस्माको नयाँ खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा न्यू होराईनले शिवालय माविलाई लगातार दबाबमा राख्दै खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

प्रतियोगितामा होराईजनका जर्सी नं १० का बिशाल परियारले गोल गरेका थिए । घरेलु मैदान, नियमित अभ्यास, समर्थक सहित आत्मविश्वासका साथ खेलमैदानमा उत्रिएका शिवालय माविका खेलाडीले उपाधीमा कब्जा जमाउने योजनामा होराईजनका खेलाडीहरू पर्खाल बनेर अवरोध गरे । नयाँ ठाउँ,पहिलोपटक फुटबल प्रतियोगितामा जम्काभेट भएपनि होराईजनका खेलाडीले प्रतियोगिताको पहिलो चरणदेखि नै आफ्नो पोष्टमा विपक्षीलाई एक गोल समेत प्रहार गर्न दिएनन् ।

उद्घाटनमा नमुना आवासिय माविलाई ४ गोलको फराकिलो अन्तरले विजय यात्रा सुरू गरेको होराईजनले उपाधीका दावेदार मानिएका क्वाटरफाईनलमा अमर आर्दश आवासिय मावि कुस्मालाई ३ गोल र सेमिफाइनलमा कालिगण्डकी एकेडेमीलाई ०–२ गोल प्रहार गदैं खेलमा निरन्तर हावी हुदै होराईजन फाईनलमा प्रवेश गरेको थियो। प्रतियोगितामा अनुशासित टिमबाट कालिगण्डकी एकेडेमी, उत्कृष्ट खेलाडी शिवालय आमाविका सुसन श्रेष्ठ, सर्वाधिक गोलकर्ता न्यू होराईजनका निशान जिसी, उत्कृष्ट गोलरक्षक कालिगण्डकीका विवेक थापाले प्राप्त गरेको प्रतियोगिताका संयोजक सुरेन्द्र पौडेलले बताए ।

प्रतियोगितामा प्रथम, द्धितियले क्रमश २० हजार, १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
समापना कार्यक्रममा बोल्दै कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले प्राथमिकता दिने बताए ।‘विद्यार्थीको खेलप्रतिभा पहिचानमा प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने छ,‘खेल क्षेत्रको विकासमा नगरपालिका सधै साथमा हुन्छ’ जोशीले भने ।

उनले पर्वत जेसीजको खेलकुद प्रतियोगिताले विद्यालयस्तरमा रहेका प्रतिभाको पहिचान गर्न सजिलो हुने बताए । सोही अवसरमा प्रहरी नायव उपरिक्षक श्याम अर्याल, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, पर्वत जेसीज अध्यक्ष क्लवका अध्यक्ष शिवप्रसाद सुबेदीले मन्तब्य राखेका थिए । कार्यक्रमको समापन गदैं पर्वत जेसीजका अध्यक्ष मोहन आचार्यले प्रतियोगिताले निरन्तरता पाउने बताए । उनले विद्यालयस्तरबाटै खेलकुद गतिविधिमा सहभागि हुने वातावरण बनाउन सक्नुपर्ने बताए । समापन कार्यक्रमको सञ्चालन महासचिव रामु शर्माले गरेका थिए । प्रतियोगितामा ११ विद्यालयको सहभागिता रहेको थियो ।