मृगौला पीडितलाई बानियाँलाई स्पेनबाट १ लाख सहयोग

मृगौलाको समस्याले बिरामी एक युवकलाई स्पेनमा रहेका म्याग्देलीले उपचारका लागि १ लाख सहयोग गरेको छ । बेनी नगरपालिका–९, घतान तोरिपानीका इन्द्रबहादुर बानियाँलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) स्पेनको सहयोग शुक्रबार एक कार्यक्रमका बीच पीडित बानियाँकी श्रीमति अप्सरा बानियाँलाई हस्तान्तरण गरिएको छ ।

मोना अन्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष ओमनारायण जुग्जाली र ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको उपस्थितीमा आयोजित कार्यक्रममा सहयोगले उपचारमा सहज हुने पीडितकी श्रीमति अप्सराले बताईन्। दुवै मृगौलाले काम नगरेपछि काठमाडौंस्थित राष्ट्रिय मृगौला रोग उपचार केन्द्रमा उपचार गराउँदै आएका बानियाँको उपचारमा मोना स्पेनका सहकोषाध्यक्ष सुरेश चोखालको संयोजकत्वमा संकलन तथा सस्थागत सहयोग थप गरी १ लाख सहयोग गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा मोना अन्तराष्ट्रियका अध्यक्ष जुग्जालीले मोनामार्फत सामाजिक, मानवीय सहयोगसँगै विभिन्न कार्यक्रमहरुमार्फत जन्मभूमिको सेवा गर्ने बताए । उनले मृगौलामा समस्या देखिने क्रम बढेकाले मृगौलाका बारेमा जनचेतनामुलक कार्यक्रम सहितका अभियान सञ्चालन गर्नुपर्ने बताए ।

आर्थिक अवस्था कमजोर भएकाले भाइको उपचारमा आर्थिक अभाव खड्किएको अवस्थामा स्वदेश तथा विदेशमा रहेका घतान, तोरीपानीबासीको सक्रियतामा सहयोग संकलन भइरहेको छ । मृगौला म्याच नगरेको अवस्थामा नियमित औषधी सहित उपचारमा समेत सहज हुने बताए ।म्याग्दीमा पछिल्लो समय मृगौला पीडितको संख्या बढेको छ ।

सहयोगदाताको बिबरण

१) सुरेश चोखाल ३०।- युरो

२) गणेश राज अधिकारी २०।- युरो

३) नारण गुरुङ (कान्छा ) १०।- युरो

४) विमल खड्का २०।- युरो

५) सुरेश शर्मा १०।- युरो

६) रामु + सुमि घीमीरे सापकोटा २०।- युरो

७) थम बुढाथोकी (खगेन्द्र) २०।- युरो

८) अनिश बानिया २०।- युरो

९) दिनेश बानिया २५।- युरो

१०) दिल बहादुर नेपाली २०।- युरो

११) चन्द्रा शाही ३०।- युरो

१२) अर्बिन श्रेष्ठ २०।- युरो

१३) सुनिल घीमीरे २०।- युरो

१४) रुपेश राम्जाली २०।- युरो

१५) देवी प्रसाद सुवेदी २०।- युरो

१६) विराज भट्टचन५१।- युरो

१७) तपन रोका ३०।- युरो

१८) लक्ष्मण खत्री ३०।- युरो

१९) पदम पुन २०।- युरो

२०) लक्षु थापा मगर ३०।- युरो

२१) मान रोका २०।- युरो

२२) दिलनाथ भण्डारी १०।- युरो

२३) दीप पुन २०।- युरो