पर्वतबेनीमा तेस्रो उत्साही ‘कप’ फुटबल प्रतियोगिता सुरू

नव उत्साही समुहको आयोजनामा तेस्रो उत्साही कप’ फाइव ए साइड फुटवल प्रतियोगिता सुरू भएको छ । पर्वत जलजला गाउँपालिका–३ पर्वत बेनीस्थीत  न्यू होराईजन आवासीय माविमा सुरू भएको प्रतियोगिताको प्रतिनिधि सभाका सदस्य पदम गिरीले उद्घाटन गदै खेलकुदमार्फत जिल्लालाई देशभित्र र बाहिर चिनाउन सकिने बताए । उनले आधारभुत आवश्यकता पुरासँगै आफुँले खेलकुदको विकासमा समेत निरन्तर पहल गरिरहेको बताए । ‘सधै राजनीतिक गतिविधिमा केन्द्रित हुने अवस्था छैन्,‘सबै मिलेर समृद्ध पर्वत बनाउने अभियानमा जुटौ’ सांसद गिरीले भने ।

जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले गाउँपालिकाभित्र शिक्षा, स्वास्थ्य, खेलकुद सहित रचनात्मक गतिविधिलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्ने बताए । उनले खेलकुदमार्फत यूवाहरुको एकता र सहकार्य देखिने गरेको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने बताए । सोही अवसरमा वडा नं ३ का अध्यक्ष देबेन्द्र बहादुर भण्डारी, पर्वत उद्योग वाणिज्य संघ अन्तरगत जलजला गाउँपालि इकाईका अध्यक्ष दिलबहादुर बरुवाल, न्यू होराईजन आवासीय माविका प्रधानाध्यापक अर्जुन पौडेलले मन्तब्य राखेका थिए ।

क्लव स्थापना तथा विभिन्न रचनात्मक गतिविधिमा सक्रियता देखाएको भन्दै क्लवका संस्थापक अध्यक्ष दिलिपकुमार बरुवाल, विकास रेग्मी र सदस्य शिव आचार्यलाई सम्मान गरिएको थियो । ४० टिम सहभागीता रहेको प्रतियोगिताको उद्घाटन कार्यक्रमको अध्यक्षता क्लव अध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपाध्यक्ष आशिष भुजेलको स्वागत मन्तव्य र सचिव राजकुमार परियारको सञ्चालनमा सम्पन्न भएको प्रतियोगितामा प्रथम, द्धितिय हुनेले क्रमश ५६ हजार ६६६ रुपैया र ३३ हजार ३३३ रुपैयासहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै अनुशासित टिमलाई ५ हजार, उत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक र सर्वाधिक गोलकर्ताले क्रमश नगर २ हजार २२२ रुपैया रहेको क्लव सचिव राजकुमार परियारले बताए ।