इस्टाग्राममा पोष्ट गदैं निर्मल पूर्जाले भने,‘शिशापङ्मा बेसक्याम्प आइपुगे’

८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्न हिमाल आरोहणमा निस्किएका निर्मल पूर्जाले चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको आरोहण सुरू गरेका छन् ।  विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमालको बेसक्याम्पबाट मंगलबार आफ्नो इस्टाग्राम एकाउन्टमार्फत जानकारी गराएका छन् ।

पूर्व बेलायती सेनाका कर्पोरल पूर्जाले १३ औं हिमाल मनास्लुको चुचुरोमा पुगेपछि सूचीको अन्तिममा रहेको तिब्वतको शिशापङ्मा आरोहणका लागि चिनियाँ सरकारले विषेश अनुमति दिएको थियो । शिशापङ्मा अहिले अन्य आरोही छैनन् । सन् २०१९ मा चिनियाँ सरकारले यहाँ आरोहणमा रोक लगाएको अवस्थामा पूर्जाको विश्व रेकर्डको अभियानसँगै नेपाल सरकार र उनले ब्यक्तिगत रुपमै अनुरोध समेत गरेका थिए ।

आफ्नो टोलीसँगै शिशापङ्को बेसक्याम पुगेका पूर्जा निकै उत्साहित छन् । ‘हेभी स्नोफल भएपनि अहिले सहज छ,‘मेरो यात्रा सुरु भएको छ’ पूर्जाले भने । मासिक १४ लाखसम्म नेपाली तलब हुने जागिर छोडेर आरोहणमा होमिएका म्याग्दी अन्नपूर्ण गाउँपालिका–४ दानाका पूर्जाको प्रोजेक्ट पोसीबल’ परियोजनाको सुरुवात आफ्नै गाउँपालिकाभित्र रहेको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णबाट सुरु गरेका थिए ।

लगत्तै म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गरेसँगै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, धौलागिरी, अन्नपूर्ण, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रोको आरोहण गरेका थिए । मिसनको अन्तिम १४ अग्लो समेत भएकाले उनले आफ्नो यात्रा सुरु गर्नु अगाडी नै अरोहणको सुची बनाएका थिए । आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ । हालसम्म विश्वमा कुनैपनि आरोहीले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड छैन् ।

उनले म्याग्दीको धौलागिरीमा अक्सिनजन विनै आरोहण गरेका थिए । आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार समेत गरेका पूर्जाले विश्व रेकर्ड कायम गरेपछि थप योजना सहित अगाडी बढ्ने बताए । आरोहणमा पूर्जालाई मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पा लगाएत शेर्पाको टोलीले सघाइरहेको छ । करिब ७ लाख ५० हजार भन्दा बढी खर्च भएको छ । उनले ब्यक्तिगत, चन्दा र च्यारेटी सहितका विभिन्न कार्यक्रममार्फत आर्थिक संकलन गरेका थिए ।