धौलागिरी हिमाल नजिक पुग्दा… (फोटोफिचर)

धौलागिरि गाउँपालिका–४ मुदीमा पर्ने संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविरबाट धौलागिरी हिमाल सहितका हिमश्रृंखला नियालेर म्याग्दी काठमाण्डौ विद्यार्थी परिवार काठमाण्डौका अध्यक्ष केशरी शर्मा, सचिव सरिता थापा, बिनय सापकोटा, मदन सापकोटाको टोली सातदिनको पैदलयात्रामार्फत धौलागिरी बेसक्याम पुगेर फर्किए ।

शिक्षाको सिलसिलामा काठमाण्डौमा रहेका मञ्चकी अध्यक्ष शर्मा र सचिव थापाले आफ्नै जिल्लाभित्र रहेको विश्वकै सातौं अग्लो धौलागिरी हिमालसम्मको यात्राको क्रममा जोखिमपूर्ण पदमार्गमा समेत रमाउँदै बेसक्याम्प सम्म पुगेका थिए ।

चक्रिय धौलागिरि पदयात्रा र हिमाल आरोहणका लागि धौलागिरि पदयात्रामा जाने विदेशी पर्यटक, नेपाली भरियासँगै त्यस क्षेत्रमा बसोबास गर्नेहरुसँग नजिकबाट कुराकानी गदै यात्रामा निस्किएको अवस्थामा बाटोमा जंगली जनावरलाई पनि नजिकबाट हेर्न अवसर पाइयो । नीलो आकाश, सफा मौसम, पर्यटकको लर्को देख्दा त्यहाँको सुन्दरताको शब्दमा बयान गर्न सकिदैन्।
यात्राको क्रममा पहाडबाट आवाज सहित छङछङ गर्दै झर्ने झरना, म्याग्दी नदीको मुहान, हिमनदी, नाउर, कस्तुरी मृग, डाफे लगायत वन्यजन्तु र पंक्षीाहरु थप आकर्षणको रुपमा रहेका छन् ।आफ्नै देशको राष्ट्रिय पंक्षीलाई पनि देखियो । अग्लो पहाडमा बनाइएका पदमार्गले यात्रालाई थप सहज बनायो ।

विश्वका कुनाकुनाबाट धौलागिरी हिमालको आरोहणका लागी आउने पर्यटकलाईे लक्षित गरी ठाउँठाउँमा रहेका होटल ब्यवसायी समेत निकै ब्यस्त थिए ।अनुकल मौसममा गरिएको यात्रालाई हामीले थप स्मरणयोग्य बनाउन यात्रा संस्करको डायरी समेत बनाएका थियौ ।पर्यटकहरुलाई लक्षित गरी इटाली बेसक्याम्पमा मुदीका हरिप्रसाद तिलिजाले गर्नुभएको ब्यवसाय पनि देखियो । उहाँको सहयोगमा इटाली बेसक्याम्पबाट धौलागिरी बेसक्याम्पसम्म हेलिकप्टरमा पुग्ने अवसर पायौं ।

हेलिकप्टरमा यात्रा गर्न पाउँदा हाम्रो यात्राको समय समेत छोटियो । हाम्रो यात्रा अन्र्तगत अन्तिम मानव बस्तीको रुपमा चिनिने मुदीको बगरगाउँदेखि करिव एकदिनको यात्रामा दोभानमा पुगेपछि त्यहाँ धेरै पर्यटकसँग कुराकानी गर्ने अवसर पनि मिल्यो ।३ हजार ५ सय ६० मिटर उचाईमा अवस्थित इटाली आधार शिविरमा पुगेपछि स्वास्थ्यमा केही असज महसुस गरेसँगै त्यहाँबाट मुस्ताङको मार्फा निस्कने योजना स्थगित गरेर फकियौं । त्यसक्रममा हामीले धौलागिरी हिमाल हुदै बग्ने म्याग्दी खोलाको मुहानलाई पनि नजिकबाट हेनै अवसर मिल्यो ।

आफ्नै घरआगन नजिकबाट बग्ने म्याग्दी खोलाको मुहान नजिक केही तस्वीर समेत लिएका थियौ ।साँघुरो बाटो भएकाले निकै सतर्कताका साथ यात्रा गर्नुपर्ने रहेछ ।धौलागिरी क्षेत्रमा विभिन्न देशको नामबाट क्याम्पको नामाकारण गरिएको रहेछ । इटाली, स्वीस लगाएत धेरै जानकारी समेत लिने अवसर मिल्यो । भरीया र खच्चड मार्फत समान ढुवानी गर्ने गरिएको अवस्थामा पछिल्लो समय हेलिकप्टरमार्फत समेत पर्यटक सहित सामान ढुवानी हुने गरेको रहेछ ।

ठाउँठाउँमा राखिएका सूचना पार्टीको विवरण समेत प्रष्ट नदेखिदाँ नयाँ पर्यटकलाई समस्या हुने देखिन्छ । विहानपख घाम हिमालमा पुग्दा चाँदी जस्तै टल्किने दृष्यलाई नजिकबाट मोवाइलमा समेत खिच्ने अवसर मिल्यो । लेक लाग्दा केही समस्या भएपनि त्यहाँको वातावरणले घरमा आएपछि थकानको कुनै महसुस नै भएन् । यात्राको बारेमा हामीले यात्रा संस्करणमार्फत थप प्रष्ट पार्नेछौ । म्याग्दी काठमाण्डौ विद्यार्थी परिवार काठमाण्डौ अध्यक्ष केशरी शर्मा÷ सचिव सरिता थापासँग छोटो कुराकानीको आधारमा