पश्चिम दरवाङ सहकारी पोखरेबगरमा

पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्थाले उत्तरी म्याग्दीमा शाखा विस्तार गरेको छ । अन्नपूर्ण गाउँपालिका–५ को शिख बहुउद्देश्यीय सहकारी संस्थाबिच एकिकरण गरेसँगै गाउँपालिाको केन्द्र पोखरेबगरमा यसै हप्तादेखि सेवा केन्द्र स्थापना गरेर कारोबार सुरु गरेको सहकारीका केन्द्रिय कार्यालय दरबाङका प्रबन्धक प्रेमलाल कडेल (सदन)ले बताए ।

‘म्याग्दी जिल्लाका सबैजसो ब्यापारिक केन्द्रमा सहकारीको पहुँच पुगेको छ,‘उत्पादनमुखी क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी विस्तार गछौ’ कँडेलले भने । उनले सहकारीले निकट भविस्यमा छिमेकी जिल्ला सहित म्याग्दीभित्रकै सहकारीलाई समेत मर्ज गरी थप सेवा विस्तार गर्ने बताए।

दरवाङमा रहेको पश्चिम म्याग्दी र दरवाङ, फुलबारी, बेनीको कामना बचत तथा ऋण, मंगलाको बाबियाचौर बहुउद्देश्यीय र बेनपा ४ को सिंगा उपभोक्ता सहकारी संस्था तातोपानी बीच गत फागुनमा एकिकरण भएको थियो ।मालिका गाउँपालिकाको दरवाङमा केन्द्रीय कार्यालय रहेको सहकारीले धवलागिरी गाउँपालिकाको ताकम, मंगलाको बाबियाचौर, बेनी नगरपालिकाको तातोपानीमा सेवा केन्द्र रहेको छ ।