म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको मङ्गलबार प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रामप्रसाद सुवेदीको अध्यक्षतामा १९ सदस्यीय अक्षयकोषको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अक्षयकोषको उपाध्यक्षमा नरबहादुर विक, सचिवमा शिव बानियाँ, कोषाध्यक्षमा गजेन्द्र श्रेष्ठ, सहसचिवमा श्यामप्रसाद श्रेष्ठ, महिला सहसचिवमा यामकुमारी पाईजा पुन र सहकोषाध्यक्षमा यामकुमारी श्रेष्ठ चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा लक्ष्मण बानियाँ, देवीदत्त पौडेल, कमलप्रसाद पौडेल, बलराम बानियाँ, कृष्णबहादुर बानियाँ, खड्गप्रसाद श्रेष्ठ, रिता दर्जी, भगवती पौडेल, वेदनाथ सुवेदी, तेजप्रकाश बानियाँ, सन्तोष सुवेदी र बबी केसी रहेका छन् ।

अधिवेशनको बन्दसत्रले अध्यक्ष रामप्रसाद सुवेदीले पेश गरेको संस्थागत, सचिव शिव बानियाँको प्रगति र कोषाध्यक्ष गजेन्द्र श्रेष्ठको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक एवं अक्षयकोषका सल्लाहकार हेमराज शर्माले शपथग्रहण गराएका थिए । गाउँमै कक्षा ११ र १२ सञ्चालन गर्ने उद्देश्यका साथ स्थापना गरिएको अक्षयकोषमा ६ महिनाको अवधिमा हालसम्म ८८ जना व्यक्तिहरुद्वारा ३६ लाख रुपैयाँ रकम जम्मा भैसकेको विद्यालयले जनाएको छ ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले विद्यालयमा अध्ययन अध्यापनसँगै अतिरिक्त क्रियाकलाप तथा रचनात्मक कार्यलाई जोड दिनुपर्ने बताएका थिए । उनले पुलाचौरवासीलाई खानेपानी पिउनका लागि पानीपँधेराबाट मानव वस्तीमा पानी पु¥याउनका लागि आवश्यक लिफ्टिङ योजनाको पहल गरेको जानकारी दिएका छन् ।

कार्यंक्रममा बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँ, अक्षयकोषका सल्लाहकार हेमराज शर्मा, जनकल्याण माविका पूर्व प्रधानाध्यापक तेजप्रकाश बानियाँ, जनप्रिय मावि दरबाङका सहायक प्रअ नगेन्द्रबहादुर खत्री, विद्यालयका पूर्व शिक्षक यज्ञप्रसाद लामिछाने, संगम म्याग्दीका अध्यक्ष दीपक पौडेल, प्रकाश मावि बेनीका शिक्षक मुक्तिनाथ पौडेल, जयन्ती मावि भकिम्लीका शिक्षक सन्तोष सुवेदी, डिम्ब आधारभूत विद्यालय चिप्लेटीका अध्यक्ष हेमबहादुर खत्री र पूर्व विद्यार्थी प्रकाश पौडेलले मन्तव्य राखेका थिए । कार्यक्रम जनकल्याण मावि अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षता, सचिव शिव बानियाँको सञ्चालन र प्रअ कमलप्रसाद पौडेलको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply