बडादशैंको टिका पोखराको मणिपाल अस्पतालको बेडमै लगाएकी धवलागिरी गाउँपालिका–७ धारापानीकी १७ बर्षिया इन्दु थापाको लडेर ढाड भाचिएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकी थापाको उपचारमा समस्यै समस्या छ । घरमा भएको पैसा उपचारमै सकिएपछि परिवारले थप उपचारमा आवश्यक पर्ने सहयोग जुटाउन सक्ने अवस्था छैन् ।

बेनी नगरपालिका वडा नं ४ सिंगाको धौलागिरी माविमा कक्षा १२ मा अध्ययरत थापालाई स्थानीयले उपचारमा सहयोग जुटाएपनि ढाँड भाँचिएर नचल्ने अवस्थामा पुगेकी थापालाई निरन्तर उपचार तथा औषधीका लागि चिकित्सकले आर्थिक जुटाउन भनेपछि परिवार चिन्तित भएका छन् । ‘कमजोर आर्थिक अवस्था भएको परिवार हो,‘सहयोग विना उपचार सम्भव छैन’ धारापानीका यूवा अर्जुन थापाले बेनीअनलाइनलाई भने ।

उनले उपचारमा आवश्यक सहयोगका लागि धारापानी सहित विदेशमा रहेकाबाट समेत सहयोगको अभियान सञ्चालनको प्रयास भइरहेको बताए । उनले उपचार धेरै समय लाग्ने भएकाले पनि आफ्नो क्षमता अनुसार सहयोग गर्न अपिल गरेका छन्। यता घाईते थापाले आफ्नो पढाईको चिन्ता गदैं उपचार लगत्तै पढ्ने चाहना रहेको बताईन् । उनले कक्षा १२ को पढाईलाई निरन्तरता दिने भन्दै पटकपटक भेट्न जानेलाई उपचारमा सहयोगको याचना गर्ने गरेकी छन् ।

Leave a Reply