रितुङ मावि पुननिर्माणमा अष्ट्रेलियाबाट ६ लाखभन्दा बढी आर्थिक सहयोग

छन्त्याल परिवार अष्ट्रेलियाको सक्रियतामा म्याग्दीको रघुगंगा गाउँपालिका– ८ कुईनेमंगलेमा रहेको रितुङ माध्यमिक विद्यालयलाई ६ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । गतबर्षको भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीले दुर्लेखर्क्स्थित रितुङ माविको तीनवटा भवनको सातकोठा बगाएपछि पुननिर्माणमा सघाउन अध्यक्ष पदम छन्त्यालको सक्रियतामा संकलन गरिएको ६ लाख १ हजार ६०५ रुपैयाँ वडा अध्यक्ष गमान छन्त्याललाई हस्तान्तरण गरिएको छ ।

विद्यालयको भबन खोलाले बगाएपछि पठनपाठन प्रभावित बनाएपछि कुईनेमंगलेबाट अस्टेलियामा पुगेका स्थानीयले सुरु गरेको आर्थिक संकलन अभियानमा छन्त्याल परिवार अस्टेलियाले ५ सय डलर तथा अन्य ब्यक्तिगत रुपमै संकलन गरिएको छन्त्याल परिवार अस्टेलियाका अध्यक्ष छत्यालले बताए ।

‘गाउँको विद्यालयमा पुगेको क्षतीले दुखि थियौं,‘यो सहयोगले पठनपाठनमा सहज हुने अपेक्षा गर्दछौ’ छन्त्यालले भने । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष छन्त्यालले सहयोगले क्षतिग्रस्त विद्यालयको भवन पुननिर्माणमा सहज भएको बताए । ‘गाउँलेको सहयोगबाटै हामीले विद्यालयलाई निरन्तरता दिन सफल भएका छौ’ वडा अध्यक्ष छन्त्यालले भने।

सहयोग हस्तान्तरण कार्यक्रमा छन्त्याल संघका केन्द्रिय सदस्य गणेश भुलन्जा छन्त्याल, तरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्याल, छन्त्याल संघका पूर्व उपाध्यक्ष हरिप्रसाद छन्त्याल, छन्त्याल आमा समुहकी अध्यक्ष नरमायाँ छन्त्याल लगाएको उपस्थिती रहेको थियो । विद्यालयको माथिल्लो क्षेत्रबाट आएको बाढीले विद्यालयसँगै स्थानीयको घर, सामुदायीक, स्वास्थ्य चौकी, झोलुङ्गे पुल, सडक, खेलमैदान, पैदलमार्ग, विद्युत र मन्दिरमा क्षत्ती गरेको थियो। विद्यालयको भवन बगाएपछि अस्थाई टहरा निर्माण गरेर पढाई सञ्चालन गरिएको थियो ।