मोना यूएईले शुभकामना आदानप्रदान

म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूएईले बिजय दशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । रोजगारको सिलसिलामा यूएईमा पुगेका म्याग्देलीलाई प्रमुख चाडपर्वमा कुनै खल्लो महसुस हुन नदिने गरी आयोजित कार्यक्रमको उद्घाटन निर्वतमान अध्यक्ष एवम् निर्वतमान मोना आइसीका मध्यपूर्व उपसंयोजक प्रकाश कार्कीले उद्घाटन गरेका थिए । उनले कर्मभूमिमा चाडपर्व मनाउँदा जन्मभूमिको सम्झनालाई केही हदसम्म बिर्सन सकिने बताउँदै यस्ता कार्यक्रमले म्याग्देली बीच सम्बन्ध र सहकार्य थप बलियो हुने बताए ।

कार्यक्रममा यमुना रोकाले एकल नाच, रिङ मायाँ पुनले लोपउन्मुख थाली नाच, देबी घर्ती र बिक्की रसाइली युगल नाच, थम सुनारको सालैजो र बेल रोकाको प्रस्तुतीमा सहभागी झुमेका थिए । कार्यक्रममा बाग्लुङ सेवा समाज युएई शाखाकी सरस्वती रिजालले मोना युएईले आयोजना गरेको कार्यक्रले यूएईमा रहेका नेपाली संघसंस्थालाई बलियो सन्देश प्रवाह गर्ने गरेको बताए । कार्यक्रममा बाग्लुङ सेवा समाजका केन्द्रिय सदस्य तथा खेलकुद संयोजक सुनिल थापा र राष्ट्रिय लोकदोहोरी प्रतिस्थान युएई शाखाका केदार सिङ्गको समेत सभागिता रहेको थियो ।

करिव दुई सयजनाको सहभागिता रहेको कार्यक्रममा खगेन्द्र आचार्य मार्फत रातो टीका र कर्ण बहादुर बुढाथोकी मार्फत सेटो टीका ग्रहण गरेका थिए । कार्यक्रमको अध्यक्षता मोना यूएईका कार्यवाहक अध्यक्ष बिक्रम अधिकारी, स्वागत कार्यक्रम संयोजक एवम् सल्लाहकार भिमकुमार रानाले गरेका थिए । मोना यूएईले विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रममार्फत म्याग्देलीलाई संस्थागत गतिविधिमा सहभागि गराउने गरेको छ ।