चिनियाँ राष्ट्रपति सीले ‘नमस्ते’ भनेर सम्बोधन,नेपाल अबभूजडित देश हुने घोषणा

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको सहयोगमा केरुङ काठमाण्डौ सुरुङ मार्ग सम्बन्धी परियोजना अघि बढ्ने संकेत गर्नुभएको छ । उहाँले नेपाल अब भूपरिबेष्ठित देशबाट भूजडित देश हुने भनेर घोषणा गर्नुभएसँगै यो परियोजना अघि बढ्ने संकेत देखिएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको राजकीय रात्रिभोजमा सम्बोधन गर्दै उहाँले चीन र नेपालबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको पनि बताउनुभयो ।

सोल्टी होटलमा आयोजित रात्रिभोजमा शुरुमा राष्ट्रपति भण्डारीले स्वागत मन्तव्य दिनुभएको थियो । त्यसपछि सम्बोधन सुरु गर्नुभएका चिनियाँ राष्ट्रपति सीले ‘नमस्ते’ भनेर सम्बोधन सुरु गर्नुभएको थियो ।   ‘मैले बोलेको त्यति राम्रो सुनिएन होला।’  चीन र नेपालबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको बताउनुभयो । केरुङ–काठमाडौं सुरुङ मार्गको अध्ययन गरिने समेत बताउनुभयो । यस्तै उहाँले नेपाल भ्रमण बर्ष २०२० मा चिनियाँ पर्यटकलाई नेपाल घुम्न उत्प्रेरित गर्ने पनि बताउनुभयो ।