मोना स्पेनले दशैंको शुभकामना आदानप्रदान

मोना स्पेनले विजय दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विभिन्न कारणले प्रमुख पर्व दशैंको अवसरमा घरविदामा आउन नपाएका मोना स्पेनमा आवद्ध रहेका म्याग्देलीको उपस्थितीमा शुभकामना आदानप्रदान सहित संस्थागत गतिविधिका बारेमा समेत जानकारी गराइएको थियो ।

संस्थाका अध्यक्ष लक्ष्मण खत्रीले चाडपर्वमा घरको यादले सताउने भएपनि संस्थामा आवद्ध भएकाले गर्ने कार्यक्रमबाट केही राहत महसुस हुने गरेको बताउँदै दशैतिहार लगाएतका चाडपर्वमा आफ्नो अनुकुल हुने स्थानमा भेला भएर समेत रमाईलो गर्ने गरेको बताए ।

मासिक बैठकको अवसरमा सहभागी कार्यसमिति, सदस्य लगाएतले चाडपर्वको अवसरमा हुने भेटघाटले सम्बन्ध बलियो हुनुका साथै संस्थागत गतिविधिलाई समेत सहज हुने बताएका थिए । सोही अवसरमा बेनी नगरपालिका वडा नं ९ घतानका मृगौला पीडित इन्द्रबहादुर बानियाँलाई मोना स्पेनका सहकोषाध्यक्ष सुरेश चोखालको संयोजकत्वमा संकलन तथा संस्थागत सहयोग समेत गरी १ लाख सहयोगलाई केहीदिनमा म्याग्दीकै कार्यक्रम गरी हस्तान्तरण गरिने मोना स्पेनले जनाएको छ ।