थाईवाङमा पाकेको धान असिनाले सखाप

ठाकुर सुबेदी/म्याग्दीको मंगला गाँउपालिका–१ कुहुँ थाईवाङमा मंगलवार वडा दशैंका दिन परेको भीषण असिनाले अन्नबालीमा ठूलो क्षती पु¥याएको छ । थाईबाङ आसपासका क्षेत्रमा गरिएको करिव १ सय १५ मुरी धान र करिव ६० मुरी सिमीमा ब्यापक असर गरेको छ । दशैं लगत्तै धान भित्राउने तयारीमा रहेका थाईबाङबासीलाई असिनाले धान झारेपछि नल ९पराल० मात्रै बाँकी रहेको धानको बोटमात्रै खेतमा देखेपछि निराश भएको स्थानीय बलिभद्र गौतमले बताए ।

‘असिनाल धान बटुल्नै नमिल्नेगरि झारेको छ,‘यसपटक बजारबाट चामल ल्याएर खानुपर्ने भएको छ’ गौतमले बेनीअनलाइनलाई भने । धानको विउ समेत नरहने गरी असिनाले धान झारिदिएपछि किसान चिन्तित भएका छन् । स्थानीययोगेन्द्र भट्टचन, ओमबहादुर गर्बुजा, पुर्णबहादुर रन्तिजा, जुना पुर्जा, बलिभद्र गौतम, रामलाल पौडेल, हेमलाल पूर्जा, धमबहादुर पुन, नुनुमायाँ पुन, सविन पुन, कमला पुन, पुर्णबहादुर पूर्जा, श्रीबहादुर पुनको धेरै क्षती भएको छ ।

करिव तीनघण्टाको असिनापानीले धानखेतमा असर गरेपछि स्थानीयले राहतको माग गरेका छन् । गाउँ आसपासमा रहेको धानखेतमा असिनाले पुशचौपायालाई परालको रुपमा प्रयोग गर्न समेत नमिल्ने गरी क्षती पुगेको छ । स्थानीयका अनुसार तीनदशक यताकै सबैभन्दा ठुलो क्षती भएको बताएका छन् । यसैबीच मंगला गाउँपालिका वडा नं ३ बरंजाको सातविसेमा समेत धानखेतीमा क्षती पुगेको छ । अन्नबालीको पकेट क्षेत्रको रुपमा मानिने सातविसे लगाएत गाउँपालिकाभित्रका अधिकांस क्षेत्रमा असिनापानीले असर गरेको स्थानीयको भनाई छ । मंगलबार दिउँसो परेको असिना पानीले मंगला र बेनी नगरपालिकामा ब्यापक क्षती पुगेको छ ।