बाढी पिडितलाई अमेरिकाबाट भुटानी शरणार्थीको सहयोग

बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढी पीडितहरुलाई अमेरिकाबाट भुटानी शरणार्थीको पहलमा नगद संकलन गरी वितरण गरिएको छ । गत असोज ४ गते राती आएको बाढीले विस्थापित भएकालाई बुधबार एक कार्यक्रमको आयोजना गरी अमेरिकाको न्यूर्योगस्थति अमेरिकी नेपाल चर्चमार्फत मार्फत संकलन गरिएको ३९ हजार ७८३ रुपैयाँ एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

लामो समयसम्म म्याग्दीमा मजदुरको रुपमा कार्यरत चन्द्र आले मगरको पहलमा संकलन गरिएको आर्थिक बेनीमा निर्माण ब्यवसायी भरतप्रसाद पौडेलमार्फत बगरफाँटमा आयोजित कार्यक्रममा दिलप्रसाद जुग्जाली, रमेश परियार, पार्वती परियार, मायाँ परियार, रस्मी परियार र अनिता परियारलाई प्रति ब्यक्ति ४ हजारको दरले राहत वितरण गरिएको थियो भने विस्तपित भएका सेते किसानलाई छोरीज्वाईले समेत गरी दशैं खर्चबाट ११ हजार ५ सय सहयोग गरेका थिए। सहयोग हस्तान्तरण कार्यक्रममा भरतप्रसाद पौडेलले आफुसँग बेनीमा सातबर्षसम्म काम गरेर अमेरिका पुगेका आलेले यहाँको समस्याका बारेमा जानकारी पाएपछि सहयोग गरेको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन पत्रत्रकार धुर्वसागर शर्माले गरेका थिए भने बाढी ब्यवस्थापन समितिका संयोजक राजु रिजाल र सचिव उषा घर्ती घिमिरेले गरेका थिए । कार्यक्रममा नेकपा वडा नं २ का वडा अध्यक्ष कृष्ण कार्की लगाएतको उपस्थिती रहेको थियो । बाढीबाट विस्थापितलाई राहत सहयोग भइरहेपनि पुर्नस्थापनाको अझै टुंगो लागेको छैन्। पूर्णरुपमा विस्थापित दुई परिवार अहिले पनि सरस्वती आधारभुत विद्यालयको कोठामा बसेका छन् ।