बालगृहका बालबालिकासँग १० बर्षदेखि दर्शैं

म्याग्दीमा रहेको बालगृहका बालबालीकासंग विगत एकदशक देखि एक व्यवासायीले दशै मनाउँदै आएका छन् । नेपाल बाल संगठन अन्तरगत सञ्चालिक बालगृहमा रहेका अनाथ बालबालिकालाई मुख्य चाडमा विगत १० बर्षदेखि लगातार म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवम् बेनीमा समाजसेवी सुविन श्रेष्ठले मिठो खानेकुरा र दक्षिणा दिएका छन् ।

‘बालबालिकाका अभिभावक छैनन्, मैले आमाबुबालाई सम्झिएर चिन्ता नहोस् भन्दै हरेक दशै मनाउने गरेको छु’ श्रेष्ठले बेनीअनलाइनलाई भने । उनले बालगृहकाबालबालिका अनाथ नभएका बताउँदै सधै आफ्नो साथ र सहयोग रहेको बताए ।बालबालिकाले समेत हरेक बर्षको दर्शैंमा रमाईलो गर्ने गरेका छन् ।

बालगृहकी आया सावित्री थापामगरले समाजसेवी श्रेष्ठले हरेक बर्ष गर्ने सहयोगसँगै जन्मदिन तथा अन्य अभियानमा समेत बालगृहमा आउने गरेको बताईन् । उनले समस्यामा परेका बालबालिकालाई निरन्तर सहयोग गर्ने गरेको बताउँदै अन्य दिनको तुलनामा चाडपर्वमा बालबालिकाले मिठो खाने र रमाईलो गर्ने गरेको बताईन्। बालगृहमा १३ जना बालबालिका छन्।