म्याग्दीमा भीषण असिना, धानबाली नष्ट

सबैतिर दशैंको उल्लास। आफन्त र मान्यजनकहाँ टीका थाप्न जानेको भीड। सबैलाई हतारै हतार।सवै खुसी, चारैतिर उमङ्ग र सबै दङ्ग। तर म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका वासिन्दालाई भने दशैंको रौनकले छोएन। बरु दशैंको दिनमा परेका भीषण असिना र पानीले खेतमा थन्काउने अवस्थामा पुगेको धानबाली नष्ट गरिदिए पछि किसानहरू निराश र चिन्तित बनेका छन्।

ज्यामरुककोटका विभिन्न ठाउँमा मंगलबार दिउँसो परेको असिनाले धानबालीमा ठूलो क्षती पुर्‍याएको छ। म्याग्दीको बेनी नागरपालिका–२ का विभिन्न ठाउँमा मङ्गलबार दिउँसो परेको असिनाले धानबालीमा ठूलो क्षति पु-याएको छ।गौस्वाँरा, सानालेक, भकुण्डे क्षेत्रका खेतमा लगाइएको धानबाली असिनाले चुटेर क्षति पु¥याएको हो । पाकेर भित्र्याउने बेला भएको धानबाली असिनाले नष्ट गरेपछि कृषक निराश भएका छन् ।

८० प्रतिशत धान असिनाले चुटेर भुइँमा झारेको वडाध्यक्ष हिराबहादुर थापाले बताए। “हावाहुरीसहित आएको असिनाले बालाको धान झारेर सखाप बनाएको छ”, थापाले भने, “सबै ठाउँमा पुगेर क्षतिको विवरण सङ्कलन गर्दैछाँै ।”भकुण्डे धानबालीको पकेट क्षेत्र हो । धानका साथै तरकारी र अन्य फलफूलमा पनि असिनाले क्षति पु¥याएको छ ।