मल्लाजको भलिबल लगातार सातौंपटक घतानको पोल्टामा

पर्वत जलजला गाउँपालिकाको मल्लाजमा आयोजित मेलाको खुल्ला भलिबल तर्फ बेनी नगरपालिका ९ घतानले लगातार सातपटक उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको छ । गाउँपालिकाको २, ३ र ४ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा कला, संस्कृति, खेल क्षेत्रको विकास प्रर्वद्धन तथा संरक्षण, आन्तरिक पर्यटन विकास गर्ने उद्देश्यले आयोजित भलिबल प्रतियोगितामा म्याग्दीकै रघुगंगा गाउँपालिका वडा नं २ भगवतीलाई सोझो सेटमा पराजित गदैं घतानले उपाधी जितेको हो ।

कोत मन्दिर परिसरमा नवराज पुजा तथा विबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रममा सातबर्षदेखि भइरहेको भलिबलमा आफ्नो अपराजित यात्रालाई कायम राख्दै उपाधी जित्न सफल भएको काउलेगौँडा यूवा क्लवका संस्थापक अध्यक्ष एवम् भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले बताए ।

‘नयाँ खेलाडीले समेत उत्कृष्ट खेल देखाउन सफल भएका छन्,‘हामीले भलिबलका खेलाडी उत्पादन गर्ने ठाउँेको रुपमा चिनाउन चाहन्छौ’ बानियाँले बेनीअनलाइनलाई भने । प्रतियोगिता पुरुष भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित ७६ हजार र ४६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । यसैगरी उत्कृष्ट टिमले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । बास्केटबल प्रतियोगितामा रघुगंगा गाउँपालिका ४ दर्जिमा प्रथम, द्धितिय बेनपा १० पाप्लेखेतले जितेको छ । बास्केटबल बिजेतालाई ४६ हजार, उपबिजेतालाई तीस हजार हात पारेको छ ।

त्यसैगरी महिला भलिबलमा जिल्ला भलिबल संघ म्याग्दी प्रथम, पर्वतको सालिजा द्धितिय भएका छन् । महिलतर्फ विजेताले बीस, उपबिजेतालाई सोह् हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । राहत कोष स्थापनाका लागि पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा विजयादशमी तथा दिपावली पर्वको अवसरमा मेला सञ्चालन गरिएको मेला संयोजक एवम् तथा वडा न.३ का अध्यक्ष देविन्द्र बहादुर भण्डारी (रवी)ले बताए ।

मेला सञ्चालनबाट बचत भएको रकम विपन्न, गरिब र अशक्तको उपचार, विपद् व्यवस्थापनमा सघाउने परोपकारी अभियानका लागि कोष स्थापना गरिने छ । विगतमा हिमशुशेली युवा क्लवले सञ्चालन गर्दै आएको मेला गत वर्षदेखि वडा कार्यालयले सञ्चालन गरेका छन् । साविक मल्लाज गाविसमा रहेका अहिलेका तीन वटै वडालाई समेट्न गरि मेला सञ्चालन गरिएको जनाइएको छ ।