बाघको आक्रमणबाट एक बृद्ध महिला गम्भिर घाईते

बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ जैदी बोरमा बाघको आक्रमणबाट एक बृद्ध महिला गम्भिर घाईते भएकी छिन् । जैदी बोरकी ८४ बर्षिय प्याकुली रानालाई सोमबार बेलुका उनको घरमै बाघले आक्रमण गर्दा गम्भिर घाईते भएकी हुन् ।

बाहिरबाट विरालो र बाघ लड्दै घर भित्र गएको अवस्थामा दुवै विरालो भन्दै छुटाउन जाँदा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाईते रानाको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी हवलदार प्रेम खड्काले जानकारी दिनुभयो ।घाईते रानाको निधार, गाला र छातीमा गम्भिर चोट लागेको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ ।