पिङ्ग खेल्ने डोरी बेरिएर बालिकाको मृत्यु

म्याग्दीमा एक वालिकाको पिङ्ग खेल्ने डोरी घाटिमा बेरिएर मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका–५ किमचौरकी ७ बर्षिया दिपा फगामी मगरको गएराती मृत्यु भएको छ । अभिभावकले खेल्नका लागि घरमै बनाइएको पिङ्गको डोरी घाँटीमा बेरिँदा बालिको ज्यान गएपछि पोष्टमार्टका लागि बेनी अस्पतलामा ल्याइएको थियो ।

अस्पतालका डाक्टर दशैं विदामा रहेको अवस्थामा प्रहरीको समेत उपस्थितीमा पोष्टमार्टम गर्न पोखरा पठाइएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।  ‘पोष्टमार्टम सहितको रिर्पोट भोली विहान आउँछ,‘डोरीमा बेरिएको अवस्थामा भेटिएकाले मेडिकल रिर्पोटको पखाईमा छौ’ उनले भने । प्रहरीले घटनाको प्रकृतिलाई हेर्दा फोरेन्सी रिर्पोटका लागि समेत प्रहरीले पोखरा पठाएको बुझिएको छ । प्रहरी चौकी बाबियाचौरबाट गएको टोलीले घटनास्थलको अनुसन्धान समेत गरेको छ ।