डाँडाखेतको भलिबल पूलाचौरले जित्यो

बडा दशैंको अवसरमा वाल प्रगति यूवा क्लव डाँडाखेतले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधी पुलाचौरले हात पारेको छ । बेनी नगरपालिका–४ डाँडाखेतमा विद्युत सर्ट भएर ध्वस्त भएको बालमन्दिर आधारभुत विद्यालयको पुर्ननिर्माणपछि आयोजित प्रतियोगितामा बेनपा–५ पूलाचौरले बेनपा–९ घटान नेप्टेचौरलार्य सोझो सेटमा ३–० ले पराजित गरेको खेलकुद संयोजक कुमार शाहीले बताए ।

प्रतियोगितामा प्रथम र द्धितियले क्रमश ३३ हजार ३३३ र २२ हजार २२२ नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवका सल्लाहकार सुमन बानियाँले बताए । उनका अनुसार सोही अवसरमा आयोजित नृत्य प्रतियोगितामा एसपिला बानियाँ, अरुणा थापामगर र स्वतिका बानियाँको समुह र एकलमा प्रतिक्षा शाही विजय भएका छन् ।

प्रतियोगितामा विजेतालाई वडा अध्यक्ष गोविन्द प्रसाद पौडेल, बालमन्दिर आधारभुत विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष प्रेम बानियाँ लगाएतले पुरस्कार वितरण गरेका थिए । सोही अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक इन्द्रकमल हमाललाई सम्मान समेत गरिएको थियो । प्रतियोगिताको उद्घाटन वडाअध्यक्ष पौडेल, अध्यक्षता क्लव अध्यक्ष सिजन शाही र सञ्चालन सचिव विजय शाहीले गरेका थिए ।