तेस्रोकालिपुल कपको आम्दानी खर्च सार्वजनिक

तेस्रो कालिपुल यूनाईटेड नाइन–ए साइड खुल्ला फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक भएको छ । गत असोज पहिलो साता सम्पन्न भएको प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको हो । ‘विकास र शान्तिका लागि युवा नेतृत्व’ भन्ने मूल नारासहित कालीपुल युनाइटेड क्लबको आयोजना गरेको प्रतियोगितामा बिभिन्न संघ संस्था देश तथा बिदेशमा रहेका ब्यक्तिहरुबाट ९लाख ६० हजार सात सय रुपैया सहयोग संकलन भएको थियो।

पुरस्कार, अफिसियल, स्वयमसेवक परिचालन उत्कृष्ट खेलाडि अतिथि सत्कार छपाई लगायतका बिभिन्न शिर्षकमा म्याग्दी जिल्लाकै ठुलो धनराशिको फुटबल प्रतियोगितामा सात लाख ५९ हजार सात सय तिस रुपैया खर्च भएको क्लवका अध्यक्ष बिकास पुनले बताए ।

क्लवलाई २ लाख ९ सय ७० रुपैया आम्दानी भएको पुनले बताए । आम्दानी बापतको केही रकम बेसाहारा बालबालिका संगै भैपरिआउने विपद्धका घट्नाहरुलाई सहयोग गरिने क्लवले जनाएको छ । म्याग्दी, पर्वत र बागलुङ जिल्लाका गरी कुल १७ टिमले सहभागिता जनाएको खेलमा प्रथम र द्वितीय हुनेले क्रमशः नगद एकलाख ३५ हजार पाँचसय ५५ र ७५ हजार पाँचसय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताको उपाधी आयोजकले जनै जितेको थियो ।