बौद्ध युवा क्लबद्धारा बाढी पिडितलाई राहत वितरण 

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बाढी पिडितलाई ८२ हजार बराबरको राहत वितरण गरिएको छ । बेनी नगरपालिका ७ मंगलघाटमा रहेको बौद्ध युवा क्लबले बडा दशैको अवसर पारेर बाढी पिडितलाई ४२ हजार नगद सहित ४० हजार खाद्यन्न सहयोग गरेको क्लब पुर्व अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।

असोज ४ गते कोतखोलामा आएको बाढीले दुई जना बालिका वेपत्ता गराउनुका साथै सात परिवार बस्ने ५ वटा घर र वुद्ध एकेडेमीको भवन पुरेको थियो ।पौडेलका अनुसार क्षती भएका परिवार सेते किसान, रेशम परिवार, रेस्मि परिवार, बिष्णु परिवार, ८ हजार नगद सहित खाद्यान्न वितरण गरिएको थियो भने पूर्ण क्षती भएको परिवारलाई ४२ हजार नगद सहित दशैको अवसरमा खाद्यान्न सहयोग गरिएको छ।

पछिल्लो समय सामाजिक कार्यमा अग्रसर हुदै गएको क्लब मानविय क्षेत्रमा समेत क्रियाशिल हुदै गएको छ । क्लब आर्थीक रुपमा सशक्त नभएता पनी बाढीले घरबार बिहिन भएकाहरुको लागी केही राहत मिलोस भनेर सहयोग गरेको क्लबले जनाएको छ । बाढीले क्षति गरेको वुद्ध एकेडेमी पुननिर्माण भइरहेको छ ।