गोठमै महंगियो भेडाच्याङ्ग्रा, म्याग्दी हुदै करिव ३० हजार भेडाच्याङ्ग्रा बाहिरिए

नेपालीको महानपर्व दशैंलाई लक्षित गरी काठमाण्डौका ब्यवसायी पशुपती सिलवा उपल्लो मुस्ताङ घमी गाउँमै पुगेर भेडाच्याङ्ग्रा ल्याउनुभयो । दशक अगाडीदेखि भेडाच्याङ्ग्रा ब्यवसायमा सक्रिय रहेका सिलवाल हरेकबर्ष भेडापालक किसानको गोठमै पुगेर खरिद गर्दा विगतभन्दा करिव २ हजार महंगो हाल्नुप¥यो । गोठमै च्याङग्रालाई १८ देखि २४ हजारसम्म खरिद गरेको सिलबालको भनाई छ । विगतका बर्षको तुलनामा गोठमै च्याङ्ग्राको मुल्य २५ सयदेखि ३ हजारसम्म प्रति च्याङ्ग्राको मुल्य बढ्ने अनुमान गरिएको छ ।

भेडाको तुलनामा च्याङ्ग्राको मासु स्वादिलो र धेरै खपत हुने भएकाले च्याङ्ग्रा गोठमै बुकिङ हुने गरेको ब्यवसायी सिलवालले बताउनु्भयो । उपल्लो मुस्ताङका ब्यापारीले सानो–सानो संख्यामा खरिद गरी मुस्ताङ बाहिरबाट आउने ब्यापारीलाई विक्री गर्ने गरेकाले पनि उपभोक्तासम्म पुग्दा मुल्य बढ्ने गरेको बताए ।

गत वर्ष २२ देखि ३० हजार रुपैयाँसम्म बिक्री भएको भेडाच्याङग्रालाई व्यापारीले किसानबाट १७ हजार देखि २२ हजार रुपैयाँसम्ममा खरिद गरेको थिए। मुस्ताङका विभिन्न गाउँपालिका साथै डोल्पा, मुगु, जुम्लाका साथै छिमेकी देश चिनको तिब्वतस्थित झोङवासेन जिल्लाबाट समेत नेपाली बजारमा भेडाच्याङ्ग्रा आउने गरेका छन् ।उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर भेडापालनको पकेट क्षेत्र मानिन्छ ।

तिब्वती च्याङ्ग्राको तौल र मुल्य फरक हुने भएकाले पनि उपभोक्ताले ब्यापारीसँग बुकिङ गर्ने गरेका छन् । मुस्ताङबाट ब्यापारीले खरिद गरेर ल्याएको भेडाच्याङ्ग्रा मुस्ताङबाट बाहिन थालेको घाँसा प्रहरी चौकीले जनाएको छ । यसबर्ष मुस्ताङबाट ३० हजारभन्दा बढी भेडा च्याङ्ग्रा बाहिरिने अनुमान गरिएको छ ।

प्रयाप्त चरन क्षेत्र, बजार मुल्य, प्राविधिक सहयोग सहित कृषकहरूको भेडापालनप्रतिको आर्कषणले विगतका तुलनामा भेडाच्याङ्ग्रा पालनमा आर्कषण बढेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विक्रि केन्द्र म्याग्दी–मुस्ताङले जनाएको छ । स्वास्थ्य परिक्षण गरी निरोगीताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमती दिइएको छ । मुस्ताङ र म्याग्दीका नाकामा पशु प्राविधिकको टोलीले तथ्याङ्क संकलनसँगै स्वास्थ्य परिक्षणमा खटिएका छन् । हिलाम्मे सडकका कारण धेरै भेडाच्याङ्गा घाईते समेत भएको अवस्थामा देखिएका छन् ।

बेनी जोमसोम सडकको अवस्था राम्रो नभएकाले व्यापारीहरुलाई भेडा च्याङ्ग्रा समयमै बजारमा पुर्याउन समस्या हुने भएकाले यसबर्ष विगतमा भन्दा छिट्टै ब्यापारी मुस्ताङमा पुगेपनि कृषकले ब्यापारी बिच नै मुल्यमा प्रतिस्पर्धा गराएपछि ढिलो भएको ब्यापारीको भनाई छ । मुस्ताङदेखि गन्तब्यसम्म पुग्ने बेलामा पटकपटक स्थानीय कर तिनुपर्ने अवस्थाको अन्त्य भएमा उपभोक्तालाई केही सस्तोमा विक्री गर्न पाईन्छ । यसैबीच दशैतिहारलाई लक्षित गरी म्याग्दीका हिमाली क्षेत्रमा समेत ठूलो संख्यामा भेडापालन गरिएको छ । दशैंमा मात्रै म्याग्दीबाट समेत १ करोडको बिक्री हुने गरेको छ भने मुस्ताङबाट ३५ करोडको हाराहारीमा कारोबार हुन्छ ।