प्रथम मोना कपको उपाधी घतान र जिल्ला भलिबल संघलाई

जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीमा बिहिबार सम्पन्न भएको वडास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधी घतान र जिल्ला भलिबल संघ म्याग्दीले हात पारेको छ । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिले तेस्रो महाधिवेशनको अवसरमा आयोजित प्रथम मोना कपको फाइनल खेलमा जिल्लाको वडास्तरीय पुरुष भलिबलमा बेनपा ५ पुलाचौरलाई लगातार तीन सेट प्रहार गदैं घतानले उपाधी हात पारेको हो ।

त्यस्तै प्रतियोगितामा खुल्ला महिलातर्फ अन्नपूर्ण गाउँपालिका–५ शिखलाई जिल्ला भलिबल संघले पराजित गरेको रेफ्री संयोजक तेजेन्द्र बानियाँले बताए । उदघाटन सहित सेमिफाइनलसम्मको खेल खुल्लामञ्च बेनीमा सञ्चालन गरिएको थियो ।

जिल्लास्तरीय अन्तर वडा पुरुष विजेता र उपविजेताले क्रमश ८० हजार, ५० हजार, खुल्ला महिलातर्फ प्रथम र द्धितियलाई क्रमश ५० हजार, ३० हजार नगद, ट्रफि र प्रमाणपत्र वितरण गरिएको छ। प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो।  प्रतियोगितामा विजेतालाई मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष प्रकाश पुन, मोनाका निर्वतमान अध्यक्ष चक्रबहादुर थापा, अध्यक्ष ओमनारायण जुग्जाली लगाएतको उपस्थितिमा सम्मान सहित पुरस्कार वितरण गरिएको छ। प्रतियोगिताको समापनसँगै मोनाको तीनदिने महाधिवेशन समेत सकिएको छ । .