कोटखोलाका बाढी पीडितको सहयोगका लागि अमेरिकामा सहयोग जुट्दै

असोज ४ गते राती म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीबाट पीडितहरुका लागि ज्यामरुककोट समाज नेपालको पहलमा अमेरिकामा सहयोग संकलन भैरहेको छ । ज्यामरुककोट समाज नेपालको आह्वान र ज्यामरुककोट समाज नेपाल उपसमिति अमेरिकाको सक्रियतामा बाढी पीडितहरुको पुर्नवासका लागि सहयोग जुटाउने उद्धेश्यले अमेरिकामा सहयोग संकलन अभियान शुरु गरिएको हो ।

ज्यामरुककोट समाज नेपालका अध्यक्ष रामबहादुर कार्कीका अनुसार अमेरिकामा रहेका ज्यामरुककोटेहरुबाट हालसम्म १ लाख ४१ हजार १ सय ३० रुपैयाँ संकलन भएको र सहयोग संकलन अभियान जारी रहेको छ ।अध्यक्ष कार्कीका अनुसार ज्यामरुककोट समाज नेपालका आजिवन सदस्य तथा घिमिरे होम्स बाल्टिमोरका अध्यक्ष क्रिस घिमिरेको नेतृत्वमा अमेरिकामा सहयोग संकलन कार्य जारी छ । घिमिरेले व्यक्तिगतरुपमा २ सय अमेरिकी डलर सहयोग गर्नुभएको छ ।

त्यसैगरी ज्यामरुककोट समाज नेपालका आजिवन सदस्य रमेश थापाले २ सय अमेरिकी डलर, आजिवन सदस्य सुनिता कार्कीले १ सय अमेरिकी डलर,आजिवन सदस्य जगत घिमिरेले १ सय अमेरिकी डलर,आजिवन सदस्य सविना कार्कीले १ सय अमेरिकी डलर, मिलन थापा १ सय अमेरिकी डलर, आजिवन सदस्य सुरज थापा ५१ अमेरिकी डलर, दीपक वन रिजाल ५० अमेरिकी डलर,लक्ष्मण घिमिरे ५१ अमेरिकी डलर,ईश्वर रिजाल २१,सन्देश कार्की ६० अमेरिकी डलर,शुभचिन्तक सुदर्शन पौडेल ५० अमेरिकी डलर र शुभचिन्तक इन्द्र सवि थापाले २ सय अमेरिकी डलर सहयोग गर्नुभएको कार्कीले जानकारी दिनुभयो ।