मोना कुवेतले ८ जना विरामीलाई आर्थिक सहयोग

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले जिल्लामा विभिन्न रोगबाट ग्रसित विरामीलाई १ लाख ७४ हजार ४ सयसहयोग गरेको छ । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका विरामीको उपचारमा संकलन गरिएको आर्थिक एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

मोना कुवेतले खुल्लामञ्चमा आयोजित प्रथम मोना कपको अवसरमा अन्नपूर्ण गाउँपालिका–५ घाँटीको क्यान्सर पीडित प्रसाद परियार, सवारीसाधन दुघर्टनामा परी घाईते भएका मालिका गाउँपालिका–३ रुमका निलप्रसाद गुरूङ, मृगौला पीडित मानबहादुर पटेल, मृगौला पीडित मालिका गापा–४ ओखरबोटका नरबहादुर किसान, ब्लड क्यान्सरबाट ग्रसित बेनी नगरपालिका–९ रिजनरत्न परियार, बेनपा–५का मृगौला पीडित अमित दर्जी,मृगौला पीडित रघुगंगा गाउँपालिका–२ ठाकुर परियार र मंगला गाउँपालिका–५ दिपबहादुर बुढालाई प्रति बिरामीलाई २१ हजार ८ सयको दरले सहयोग गरिएको मोना कुवेतका सदस्य अमर कटुवालले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा मोना कुवेतका उपाध्यक्ष दिपक छन्त्याल, मोना अन्तराष्ट्रियका उपाध्यक्ष ओमनारायण जुग्जाली सहितको उपस्थिति रहेको थियो । मोना कुवेतले यसअगाडी मंगला गाउँपालिका–५ सुरेश छन्त्याल सहित विभिन्न रोगबाट ग्रसित भएका बिरामीलाई सहयोग गरेको थियो ।