न्यू वेष्ट पोइन्टको शुभकामना दौड

म्याग्दीको बेनीमा रहेको न्यु वेष्ट प्वाइन्ट आवासिय माविले दसै तथा तिहार पर्वको अवसरमा आइतबार सदरमुकाम बेनीमा शुभकामना दौड सहित शुभकामना आदानप्रदान गरेको छ । बेनीबजारबासी तथा अभिभावक सहित पैदलमार्गमा आवतजावत गर्ने यात्रुलाई शुभकामना आदानप्रदान गर्ने उद्देश्यले विद्यालय परिसरबाट सुरु भएको दौड बेनी बजार परिक्रमा गरेर सोही ठाउँमा पुगेर समापन भएको भाइस प्रिन्सिपल कृष्ण जिसीले बताए ।

विद्यालयका संस्थापक, शिक्षक, कर्मचारी र अभिभावकहरुको सहभागिता रहेको थियो । हरेक बर्ष घटस्थापनाको दिनमा गरिने दौडलाई थप ब्यवस्थित तरिकाले निरन्तरता दिने वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठले बताए । विद्यालयले दशैं विहान अगाडी बृहत खेलकुद महोत्सव समापनसँगै हरेक बर्ष शुभकामना दौड गर्ने गरेको छ ।