मिनी ओलम्पिकको झल्को दिने बृहत खेलकुद महोत्सव सकियो (फोटो फिचर)

न्यु वेष्ट पोइन्ट आवासीय माविमा बृहत खेलकुद महोत्सव समापन भएको छ । असोज ७ गते बाट शुभारम्भ भएको खेलकुद एक भब्य कार्यक्रम बीच ११ गते शनिबार समापन भएको हो । वेष्ट पोइन्टमा खेलकुदको महाकुम्भ मानिने खेलकुद सप्ताहमा फिल्डतर्फ कलेज प्लस टु र विद्यालय तर्फ छात्र छात्रा भलिबल, हाईजंप, लंगजम्प, ट्रिपल जम्प, सटपुट, विद्यालय तर्फको ज्याभलिन थ्रो, ३०००, १५०० ८००, ४००, २०० र १०० मित्र दौड, रिले दौड, चेस, टेबल, टेनिस, तेक्वान्दो लगायतका प्रतियोगिता संचालन भएका थिए ।

अधिकांश खेलहरु सम्पन्न भएका र ट्रयाक तर्फका खेलहरु समापनको अवसरमा खेलाइएको हो । मिनी ओलम्पिकको झल्को दिने गरि गरिने आकर्षक समापन समारोहको कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक देबेन्द्र बहादुर कटुवालको प्रमुख अतित्यथातामा सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालय देखि कलेज सम्मका बिद्यार्थीहरुले मार्चपास र मशाल दौड प्रस्तुत गरेका थिए ।  मंतटेसरी र बालाबिकास तहका नानीबाबुहरुको आकर्षक ड्रिल–नृत्य र वेष्ट पोइन्ट तेक्वान्दो डोजांग र उशुका खेलाडीहरुले बिबिध कला प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावकह्ररुको लागि बिविध मनोरन्जानात्मक खेल खेलिएको थियो ।

समापन कार्यक्रममा विद्यालय ब्यवास्थापन समिति शिक्षक अभिभाबक संघ लगायत बेनी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइली जिल्ला खेलकुद समितिका अध्यक्ष कृष्ण कुमार विश्वकर्मा, म्याग्दी जेसिसका अध्यक्ष खम थापा म्याग्दी उद्योग बाणिज्य संघका ठाकुर प्रसाद शर्मा विभिन्न विद्यालयका प्रअ तथा प्रिन्सिपल लगायतको उपस्थिति रहेको थियो। वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत विद्यालयका प्रिन्सिपल डीबी दाहाल र संचालन भाइस प्रिन्सिपल कृष्ण जिसीले गरेको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।