गण्डकी प्रदेश युवा सञ्जालको अध्यक्षमा समीर रोका मगर चयन भएका छन् । शनिबार सम्पन्न सञ्जालको पहिलो बैठकबाट सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । म्याग्दीकालि एफएमका सञ्चारकर्मी रोकाराष्ट्रिय युवा परिषद्को मातहतमा यूवा सञ्जाल सञ्चालन हुन्छ।

यूवाहरुलाई केन्द्रित गरी विभिन्न रचनात्मक क्रियाकलापमा सक्रिय सञ्जालको प्रदेशस्तरीय जिम्मेबारीले उत्साहित भएको रोकाले बेनीअनलाइनलाई बताए । ‘जिम्मेबारीसँगै चुनौतीपनि थपिएको छ,‘यूवा केन्द्रित कार्यमा यूवाहरुको सहकार्यलाई बलियो बनाउँछु’ रोकाले भने ।

उनले प्रदेशभित्रका यूवाहरुको साझा एजेण्डा, सहकार्य सहितका अभियानमा काम गर्ने बताए । यूवा रचनात्मक भए समाजमा परिवर्तन ल्याउन सकिने भएकाले पनि सञ्जालमार्फत थुप्रै कार्यक्रमहरु सञ्चालन भइरहेका छन्। राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य दिलीप न्यौपाने ,जिल्ला युवा समीती कास्कीका अध्यक्ष आर्शिवाद सुवेदी लगाएतको उपस्थितिमा भएको कार्यक्रममा नयाँ जिम्मेबारीलाई सफलतापूर्वक सम्पन्न गर्न अनुरोध गरिएको थियो ।

Leave a Reply