मृगौलापीडित निशा सुबेदीको उपचारमा कोरियाबाट सहयोग (विवरण सहित)

चरम विपन्नताको कारण मृगौलामा समस्या देखिएपनि उपचारमा सहयोगको याचना गरेकी बेनी नगरपालिका–५ पुलाचौरकी निशा सुबेदीलाई दक्षिण कोरियामा आर्थिक संकलन गरिएको छ । प्रसुति सेवाका क्रममा समस्या देखिएपछि थप उपचारका लागि पोखरामा रहेकी सुबेदीको उपचारमा आर्थिक समस्या झेल्नुपरेपछि मंगला गाउँपालिका वडा नं १ कुहुँ पूर्णगाउँका मनिश गौचन र बेनपा ५ पुलाचौर डडुवाका बबिन भण्डारीको सक्रियतामा ८३ हजार ८ सय ७४ रुपैयाँ संकलन गरी निशा बचाउ अभियानका संयोजक नेत्रराज सुबेदीलाई हस्तान्तरण गरिएको छ ।

आर्थिक अभावले अस्पतालबाट निस्किएर कोठामा बसेकी सुबेदीको मृगौला प्रत्यारोपण नै गर्नुपर्ने चिकित्सकले बताएपछि थप आर्थिक सहयोग आवश्यकता देखिएको अभियानका संयोजक सुबेदीले बताए । पारिवारिक समस्याका कारण बाल्यकालदेखिनै समस्या भोक्दै आएकी सुबेदीको उपचारमा अभियानमा संकलन भएको रकम अपुग भएकाले प्रत्यारोपणका लागि मृर्गौला तथा औषधी उपचार सहितको सहयोग आवश्यकता रहेको बताइएको छ ।

सुबेदीका पिताले दोस्रो विवाह गरेपछि आमासँगै बस्दै आएकी थिईन् । साउन महिनाको २ गते सुत्केरी भएलगत्तै सिकिस्त भएकी २६ वर्षीया सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । आर्थिक अवस्था अत्यन्त कमजोर भएको अवस्थामा परिवारबाट उपचार सम्भव नभएपछि सहयोगको याचना गरिएको छ ।

सुत्केरी अवस्थामै बेनी अस्पतालबाट रिफर गरिएकी सुबेदीको छोराको समेत अस्पतालमै न्वारन गरिएको समाचार बेनीअनलाइनले प्रकाशित गरेपछि सहयोग संकलन अभियानले तिब्रता पाएको थियो ।  दैनिक ३ सय एमएल पिसाव भइरहेकाले नियमित डायलासेससँगै औषधी सेवन गरी ७ सय एमएल पिसाव भइरहेको अवस्थामा थप उपचारका लागि काठमाण्डौ लैजाने क्रममा सुबेदीको दुवै मृगौलामा खरावी देखिएपछि प्रत्यारोपण गर्ने पर्ने चिकित्सकले बताएपछि करिव २० देखि ३० लाख खर्च हुने अनुमान गरिएको छ ।
निशा बचाउ अभियान कोरिया सहयोगि मन हरू।
१) मनिस गौचन (म्याग्दी)- ३०००० वोन
२) गंगराज बानिया (म्याग्दी)-१५००० वोन
३) हरि खत्रि (म्याग्दी)- २००००वोन
४)निर रोका(म्याग्दी)- ५०००० वोन
५) बबिन भण्डारि(म्याग्दी)- ३०००० वोन
६) सन्दिप भण्डारि(म्याग्दी)- २०००० वोन
७) मोहन बानिया(म्याग्दी)- १५००० वोन
८) बिकाश केसि(म्याग्दी)- १५००० वोन
९) भोजिन्द्र बानियाँ(म्याग्दी)- ३०००० वोन
१०) इश्वर कार्कि(म्याग्दी)- २५००० वोन
११) रबिन खत्रि(म्याग्दी)- २०००० वोन
१२) देभ राम्जालि(म्याग्दी)- १५००० वोन
१३) दुर्गा भण्डारि(म्याग्दी)- २०००० वोन
१४) अनिल क्षत्रि(म्याग्दी)- १५००० वोन
१५) कुमार सानु(म्याग्दी)- ४०००० वोन
१६) अमृत थापा (काठमाण्डौ)- २०००० वोन
१७) अनिल हमाल(म्याग्दी)- २०००० वोन
१८) राम क्षत्रि(म्याग्दी)- ३०००० वोन
१९) अमन गर्बुजा(म्याग्दी)- १५००० वोन
२०) कबिता गर्बुजा(म्याग्दी)- १५००० वोन
२१) राधा पुर्जा(पोखरा)-१०००० वोन
२२) गंगा पुन(म्याग्दी)- २०००० वोन
२३) कुमार भण्डारि(म्याग्दी)- २५००० वोन
२४) सनम साक्य(म्याग्दी)- ५०००० वोन
२५) रिम भण्डारि(म्याग्दी)- ३०००० वोन
२६) दिक्षा गर्बुजा(म्याग्दी)-२०००० वोन
२७) सुनिल तिवारि (स्याङ्जा)- २०००० वोन
२८) शोभा मगर (गोर्खा) – १०००० वोन
२९) सर्मिला मगर (काठमाण्डौ)- १०००० वोन
३०) बिमला केसि (बाग्लुङ्ग)- १०००० वोन
३१) कमल रावत(दैलेख)- २०००० वोन
३२) चयन्द्र हर्मेल(म्याग्दी)- २०००० वोन
३३) खाङ् ख्यङ्ह्वी (कोरिया)- २०००० वोन
३४) कृष्ण पुन(म्याग्दी)- २०००० वोन
३५) अंकित पुन(म्याग्दी)- २०००० वोन
३६) सरू खत्रि (काठमाण्डौ)- २०००० वोन
३७) सुनेश खत्रि(म्याग्दी) – १०००० वोन
३८) गोबिन्द केसि(म्याग्दी)- २५००० वोन
३९) कुमार चौलागाइ(ओखलढुङ्गा)- २०००० वोन
४०) राकेश बानिया(तनहु)- २०००० वोन
४१) प्रलाहद घिमीरे(नुवाकोट)- २०००० वोन
४२) अमित दनुवर(उदयपुर)- २०००० वोन
सम्पुण सहयोगि मनहरूलाइ हिर्दय देखि धन्नेबाद🙏🏽🙏🏽