माविस्तरीय खुल्ला म्याराथुन दौडको उपाधी सलिना र आकाशलाई

बेनी सामुदायिक माविले आयोजना गरेको खुल्ला माविस्तरीय म्याराथुन दौडको उपाधी न्यू वेष्ट पोइन्ट आवासीय माविकी सलिना खत्रीले जितेकी छन् । विद्यालयले खेलकुद सप्ताहको अवसरमा आयोजित ३ हजार मिटर छात्रा तथा छात्र प्रतियोगितामा मंगला मावि बावियाचौरकी मिना गिरी द्धितिय, बेनी सामुदायिक माविकी बिनिता क्षेत्रीले तृतिय र लोकदिप आवासीय माविकी आकृति शर्माले सान्त्वना स्थान हात पारेको विद्यालयका शिक्षक सचिन शाक्यले बताए ।

उनका अनुसार प्रथियोगितामा ९ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको छात्रतर्फको उपाधी बेनी सामुदायिक माविका आकाश भण्डारी, द्धितिय मंगला माविका सुशन कुमार सुनार र तृतिय न्यू वेष्ट पोइन्टका विजय पुन रहेका छन् ।प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र शान्त्वनाले क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार नगद प्राप्त गरेका थिए ।

विजेतालाई खेलकुद सप्ताहको समापना कार्यक्रमको अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समिति म्याग्दीका सभापति देबेन्द्र बहादुर कटुवाल,शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख दलबहादुर थापाले सम्मान गरेका थिए । यसैबीच समापना कार्यक्रमको अवसरमा पूर्व प्रधानध्यापक तिर्थकुमारी श्रेष्ठ, पूर्व शिक्षक सुलोचना शाक्यलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।त्यस्तै शिक्षकतर्फको ब्याडमेन्टिनका विजेता, विविध खेलकुद कार्यक्रम तथा नतिजा सार्वजनिक गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्षता नारायण बहादुर कार्की, स्वागत प्रधानाध्यापक दिपक श्रेष्ठ, सञ्चालन टिकानाथ पौडलले गरेका थिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय कार्यालयका प्रमुख दलबहादुर थापा, स्रोतब्यक्ति जयराम सुबेदी, पूर्व अध्यक्ष पदमबहादुर किसान, जिसस प्रमुख देबेन्द्रबहादुर कटुवालले विद्यालयमा विद्यार्थीको चाप अनुसार पूर्वाधार विस्तारमा थप सहयोग गर्ने बताएका थिए । सोही अवसरमा जिवन कार्की, धुब्र जिसीलाई सम्मान सहित सांगितक कार्यक्रम प्रस्तुत गरिएको थियो ।