बेनी अस्पतालको ल्यावलाई उपकरण सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिख घर भई हाल अमेरिकामा रहेकी खुश्बु पुनले बेनी अस्पतालको ल्याबलाई उपकरण सहयोग गरेकी छन् । न्युयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा चिकित्सा विषयमा अध्ययरत पुनले अस्पतालको ल्यावमा रगत परिक्षण गर्ने उपकरण शुक्रबार एक कार्यक्रमका बीच कमलकुमारी पुनले अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरिन् ।

बेनी अस्पतालको ल्यावलाई उपकरण सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिख घर भई हाल अमेरिकामा रहेकी खुश्बु पुनले बेनी अस्पतालको ल्याबलाई उपकरण सहयोग गरेकी छन् ।

Gepostet von बेनीअनलाइन – Benionline.com.np News am Freitag, 27. September 2019

म्याग्दी समाज न्यूर्योगमा समेत आवद्ध रहेकी पुनको सहयोग हस्तान्तरणको अवसरमा अस्पताल भित्र सानो सानो उपकरणहरु आवश्यक पर्ने भएपनि सरकारी बजेटबाट समयमै उपलब्ध नहुने भएकाले सहयोगबाट सहज भएको अध्यक्ष कटुवालले बताए ।

कार्यक्रममा बेनी अस्पतालकी ब्यवस्थापक पुजा बानियाँ, अस्पताल ल्याबका धुर्व गिरी लगाएतको उपस्थिती रहेको थियो । दुईबर्ष अगाडी म्याग्दी समाज न्यूर्योकको सहयोगमा खुश्बु पुन सहितको टोलीले भकिम्ली, शिख र मंगला गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । सोही अवसरमा सहयोगदाता पुनको पहलमा अक्सिजन कन्सर्नटे«निङ मेशिन, पल्स अक्सिमिटर, बाफ लिने, मुटुको चाल नाप्ने र सुगर जाँच गर्ने मेशिन तथा थर्मामिटरसहितका उपकरणहरु समेत वितरण गरिएको थियो ।