कालिपुल यूनाईटेड कपको उपाधी आयोजककै पोल्टामा(भिडियो)

तेस्रो कालिपुल यूनाईटेड नाइन–ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधी आयोजकले नै हात र्पान सफल भएको छ । ‘विकास र शान्तिका लागि युवा नेतृत्व’ भन्ने मूल नारासहित कालीपुल युनाइटेड क्लबको आयोजना गरेको प्रतियोगितामा पर्वतबेनीको उत्साहि समुहलाई पेनाल्टी सुटआउटमा पराजित गदै उपाधी आफ्नै पोल्टामा पार्न सफल भएको हो ।

खेलको पहिलो हाफसम्म उत्साही समुहले ०–१ गोलले अग्रता लिएको थियो ।खेलमा अधिकांस समय बल नियन्त्रणमा लिएको उत्साहि समुहलाई दोस्रोहाफमा कालिपूल यूनाईटेडले बराबरीमा गोल फर्कायो ।

निकै प्रतिस्पर्धात्मक खेलमा उत्साहि समुहतर्फ दुई अफ्रिकी मुलुकका खेलाडी र आयोेजकतर्फ एक विदेशी खेलाडी सहित ठूला सहरमा हुने प्रतियोगितामा खेल्ने खेलाडी सहित मैदानमा उत्रिएका दुवैतर्फ निकै प्रतिस्पर्धात्मक खेलमा उत्साहि समुहले अर्को गोल गदैं अग्रता लिएको केही मिनेटमै आयोजकले गोल फर्काएपछि २–२ को बराबरी भएको प्रतियोगिता पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा घरेलु मैदानको अनुभव भएका उत्साहि समुहका गोलरक्षक आशिष भुजेलको प्रयास उत्कृष्ट भएपनि अन्तिममा आयोजकको तर्फबाट आशिष थापामगरले उत्साही समुहका जर्सी नं ६ का प्रविण शाहीको प्रहारमा चमत्कारी तरिकाले रोकेसँगै उपाधीमा आयोजकले कब्जा जमाएको थियो । पेनाल्टी सुटआउटको दृष्य हेर्न लायकको थियो ।

म्याग्दी, पर्वत र बागलुङ जिल्लाका गरी कुल १७ टिमले सहभागिता जनाएको खेलमा प्रथम र द्वितीय हुनेले क्रमशः नगद एकलाख ३५ हजार पाँचसय ५५ र ७५ हजार पाँचसय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उत्कृष्ट खेलाडी उत्साहि समुहका वाएनआईफ, सर्वाधिक गोलकर्तातर्फ कालिपुल यूनाईटेडका अमित तामाङ,मिडफिल्डर विर गोर्खाली युथ क्लब बागलुङका निशान थापा, उत्कृष्ट डिफेन्डर विकास लामालाई क्रमशः नगद पाँचहजार पाँचसय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्रले पुस्कृत गरिएको थियो ।

प्रतियोगितामा विजयलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, म्याग्दी जीप तथा बस सञ्चालक समितिका अध्यक्ष लालबहादुर थापा,क्लवका सल्लाहकार विकास श्रेष्ठ, क्लवका अध्यक्ष विकास पुनले पुरस्कार वितरण गरेका थिए । अनुशासित टिम बुद्ध यूवा क्लवलाई सातहजार सातसय ७७ रुपैयाँसहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।