महेन्द्ररत्न माविका विद्यार्थीले रोबोर्ट बनाए

मंगला गाउँपालिका–३ बरंजाको महेन्द्ररत्न माविका विद्यार्थीले रोबोर्ट बनाएका छन्। पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीको पाँचदिनको प्रशिक्षणपछि विद्यालयमै रोबोर्ट बनाउन सफल भएका हुन् । गण्डकी प्रदेश सामाजिक विकासमन्त्रीका स्वकिय सचिव चन्द्रमणि सापकोटाको पहलमा विद्यालयमा सञ्चालन गरिर्एको रोबोटिक्स तालिममार्फत विद्यार्थीले पहिलो चरणमा रोबोर्ट सहित केही साम्रागी बनाउन सफल भएको विद्यालयका प्रधानाध्यापक कृष्णलाल सापकोटाले बताए ।

‘पाँचदिनको प्रशिक्षणले विद्यार्थीमा नयाँ उर्जा थपिएको छ,‘भविस्यमा पनि निरन्तरता दिन्छौ’ सापकोटाले भने । उनका अनुसार विद्यालयमा प्रदेश सरकारमार्फत स्थापना भएको विज्ञान प्रयोगशालामार्फत थप योजना सहित नियमित कार्यक्रमहरु सञ्चालन गरिने बताए । पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसका विद्यार्थी सरोज दाहालको नेतृत्वमा आएको टोलीले विद्यार्थीलाई पाँचवटा समुहमा विभाजन गरी तालिम दिएको थियो ।

विद्यार्थीले रोबोर्ट सहित अन्य उपकहरणहरु समेत बनाउने प्रारम्भीक तालिम लिएकाले थप योजना सहित पोखरामै समेत तालिम दिन सकिने प्रशिक्षक दाहालले बताए । विद्यालयमा निकट भविस्यमा ‘रोवोटिक्स क्लव’ बनाउने जनाइएको छ । ‘आफ्नै विद्यालयमा रोबोर्ट बनाउन सफल भएका छौ,‘निरन्तर प्रयास गछौ, प्रर्दशनीमा समेत लैजान्छौ’ विद्यार्थी अटल आचार्यले भने ।

उनले विद्यार्थीलाई तालिम दिए थप नयाँ काम गर्न सकिने बताए । तालिममा सुवित रोकाले समेत नयाँ सिक्ने अवसर पाएको बताएका थिए । तालिममा विद्यालयका २९ जना विद्यार्थीको सहभागिता रहेको थियो । नयाँ प्रवधिसँग घुलमिल हुने अवसर पाएकोमा विद्यार्थी दंग परेका थिए ।