मृगौला पीडितलाई फेन्ड्ली बदर्स दाना सेरोफेरोको सहयोग

दुवै मृगौला खरावी भएपछि काठमाण्डौको निदान अस्पतालमा उपचारर्थ अन्नपूर्ण गाउँपालिका–३ दाना तितरका मिलन पूर्जालाई फेन्ड्ली बदर्स दाना सेरोफेरो यूकेले ३ लाख भन्दा बढी सहयोग गरेको छ । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका पूर्जालाई एक कार्यक्रम गरी यूकेमा रहेका दानाबासीको साझा संस्थामार्फत संकलन गरिएको आर्थिक संस्थापक अध्यक्ष कमलबहादुर पूर्जाले हस्तान्तरण गर्नुभएको छ ।

श्रीमतिको मृगौला म्याच गरेकाले प्रत्यारोपण पछि नियमित औषधी सहितको चेकजाँचमा समेत सहज हुने फेन्ड्ली बदर्स दाना सेरोफेरो यूकेका अध्यक्ष बलबहादुर पूर्जाले बताउनुभयो । दानामा शैक्षिक, पूर्वाधार, खेलकुद सहित मानवीय सेवामा समेत संस्थाले निरन्तर सहयोग गदैं आइरहेको बताए ।

पीडित पूर्जाको उपचारमा करिव १५ देखि २० लाख लाग्ने अनुमान गरिएको छ । यसैबीच सहयोगदातालाई धन्यवाद दिदै पीडितले रोगसँग लड्न जुटेको आर्थिकलाई सदुपयोग गर्ने बताएका छन् । उनले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि प्राप्त सहयोगले सहज भएको बताए । जिल्लामा कलिला बालबालिकादेखि बृद्धबृद्धासम्म मृगौला रोगबाट ग्रसित भएपछि मृगौला जोगाउन आवश्यक जनचेतनामुलक कार्यक्रम प्रभावकारी हुन सकेको छैन् ।