दुवईबाट फर्किएका संजोगलाई आत्महत्या दुरुत्साहनको अभियोगमा जेल सजाय

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा संचारकर्मी विरुद्ध रवि लामिछानेआत्महत्या दुरुत्साहनको अभियोगमा चितवन जिल्ला अलदालतमा मुद्दा चलिरहेको छ । तर, चितवन जिल्ला अदालतले नै एक व्यक्तिलाई आत्महत्या दुरुत्साहनको अभियोगमा ६ महिना जेल सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत चितवनले आत्महत्या दुरुत्साहन सम्बन्धी एक मुद्दाका आरोपीलाई ६ महिना जेल सजाय सुनाएको हो । जिल्ला न्यायाधिश अवनी मैनाली भट्टराईको इजलासले बुधबार यस्तो फैसला सुनाएको हो ।उक्त आत्महत्या दुरुत्साहनको आरोपमा ६ महिना जेल सजाय भोगेका हुन् संजोग गिरीले ।१३ फागुन ०७५ मा खैरहनी नगरपालिका २ चैनपुरकी विबिता बस्नेतले आत्महत्या रगेकी थिइन् ।

आत्महत्यापछि मृतक बस्नेतकी आमा दुर्गादेवी थापाले ज्वाइँ संयोग गिरी र सासूससुरासहित परिवारका सदस्यले छोरीलाई मर्न बाध्य बाएको भन्दै जाहेरी दिएकी थिइन् ।यस घटनामा आत्महत्या दुरुत्साहनका लागि प्रेरित गरेको मुख्य आरोपी संजोग विरुद्ध ६ महिनाको कैद, २ लाख क्षतिपूर्ति भराउने र ५ हजार जरिवाना गराउने फैसला चितवन जिल्ला अदालतले गरेको शुक्रबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

के भएको थियो यस्तो ?

संयोग गिरी र विविता बस्नेतले असार ०७५ मा भागी विवाह गरेका थिए । छोराले बिहे गरेर ल्याएपछि आफूहरुले बुहारीलाई स्वीकार गरी घर भित्राएको बुबा गोपाल गिरीले बताए । बिहेपछि भदौमा संजोग रोजगारीका लागि दुवई गएका थिए । विदेशमा रहेका उनीहरुको फोन तथा भिडियो संवाद हुने गरेको वुवा गिरीले बताए ।केहीसमय पछि उनीहरु वीचमा झगडा भयो । श्रीमानसँगको झगडाकै कारण केही समयपछि विविताले गएको १३ फागुनमा घरमै झुण्डिएर आत्महत्या गरिन् ।

श्रीमतीको मृत्युपछि संजोग घर आए । अदालतको अनुसन्धाका क्रममा पतिपत्निबीच भएको भिडियो र सन्देश आदान प्रदानलाई प्रमाणका रुपमा लिइएको थियो । दुवैजनाबीच सम्बन्ध नै टुंग्याउनेसम्मको झगडा भएको र म्यासेजमा संजोगले पत्निलाई आफू र परिवारले नस्वीकार्ने समेत बताएको प्रहरीले जनाएको छ ।मृतकको कुनै सुसाइड नोट छैन । अदालतले उनीहरुबीच मोबाइलमार्फत् भएको कुरालालाई मुख्य प्रमाणका रुपमा लिएको छ । Source:sansarnews.com